आफ्नै खुशीले रातो बत्ती हटाएँ, जीटीएबाट राजीनामा दिन म तयार छु - सभासद रतन थापा

Sabhasad Ratan Thapa,Labdah mungpoo samasti मङपु३१जुलाई(केशर मोक्तान): आज गोजामुमो केन्द्रीय समितिको लामो बैठक पछि दार्जीलिंगबाट  मङपु आइपुगेका जी.टी.ए. लाब्दा मङपु समष्टि सभासद रतन  थापाले पत्रकारहरुलाई सम्बोधन  गर्दे जी.टी.ए. प्रमुख बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको  आन्दोलनको निम्ति हिज नै आफ्नो पदबाट  राजीनामा दिए पछि अब आफूले पनि कुनै पनि समयमा जी.टी.ए. बन विभागको कार्यकारिणी सभासद पदबाट राजीनामा दिन तयारी रहेको कुरो बताए | उनले हाम्रो सर्बस्री बिमल गुरुङले नै राजीनामा दिएकोले अब जी.टी.ए.मा हाम्रो केही महत्व नरहेको जनाउदैं आज देखि जी.टी.ए. अचल  भएको कारण  वाहनबाट आफ्नै खुसीले रातो बत्ती पनि निकाएको जनाए | सभासद थापाले आजको निर्णायक बैठकमा सम्पूर्ण सभासद अनि केन्द्रीय समितिका नेतृत्ववर्गले भाबी कार्यक्रम बिषयमा सबैले आ आफ्नो विचार प्रकट गरेको बताउदै ३ अगस्ट देखि फेरि लगातार रुपमा अनिश्चितकालीन बन्द रहने बताउदै उक्त बन्दमा सिन्कोना बगान खुल्ला नै रहेता पनि बगानका समस्त कार्यालय बन्द रहने बताए | बन्द अवधी ब्यांक साथै डाकघरलाई भने बन्द बाट छुट दिएको बताए | छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको निम्ति अनिश्चितकालीन बन्द संगै धाराविक रूपमा कार्यक्रम फ्यकने पार्टीको योजना रहेको बताए | यस्तै गरि पहाडमा रहेको पर्यटकहरुलाई फर्किनको निम्ति मोर्चाले १ अनि २ अगस्टको दिन खुल्ला राखेता पनि सरकारी कार्यालयहरु बन्द रहने भएकोले सिन्कोना बगान खुल्ला नै रहेता पनि कार्यालय भने दुई दिन नै बन्द रहने जनाए | उनले अनिश्चितकालीन  बन्द अवधी एन,एच,पी,सी अनि स्कूलहरु पनि बन्द रहने बताए |

आज गोजामुमो केन्द्रीय समितिको लामो बैठक पछि दार्जीलिंगबाट मङपु आइपुगेका जी.टी.ए. लाब्दा मङपु समष्टि सभासद रतन थापाले पत्रकारहरुलाई सम्बोधन गर्दे जी.टी.ए.

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.