टीएमसीबाट २० घर मोर्चामा
सामेल भएको लगातै एक दिन पछि
आज पनि रेसेप शाखाबाट तीन परिवार
गोजामुमोमा सामेल भएको छ | तृणमुलबाट
मोर्चामा सामेल हुने तीन युवाहरु
राहुल निरौला, बिशाल लम्जेल
अनि प्रेबेश राईलाई गोजामुमो
रेसेप शाखा सभापति नगेन्द्र
दाहालको बहुलीबाट मोर्चाको
झण्डा प्रदान गरियो | स्थानीय
रेसेप ग्राम पंचायत कार्यलयमा
नगेन्द्र दाहालको अध्यक्षतामा
सम्पन्न भएको सभामा रेसेप बजार
युवा मोर्चा शाखा पुन: गठन गरियो | नवगठित
रेसेप बजार युवा मोर्चा शाखाका
सभापति लवङ राई, उपसभापति अनमोल
राई, सचिव प्रसान्त थापा, सह
सचिव गणेश प्रधान,प् रयास योन्जन
अनि सुनीत शेर्पा, प्रचार प्रसार
सचिव प्रवेश राई, कोषाध्यक्ष
बरुण राई, लेखापरीक्षक नमेष
शेर्पा, सल्हाकार दुर्गा गुरुङ, सगेन
तामांङ, भुपेन्द्र राई बसन्तमणि
राई, संजय अग्रवाल अनि निर्मल
थापालाई चयन गरियो | आजको सभामा
लाब्दा मङपु समष्टि युवा मोर्चा
सभापति बिकाश गुरुङ, सचिव विज्ञान
मिश्र अनि गोजामुमो मङपु जोन
सचिव रतन लामा लगायत पार्टीका
अन्य कार्यकर्ता उपस्थित थिए |
तृणमुलबाट मोर्चामा सामेल हुने क्रम जारी , २० घरपछि फेरि ३ घर टीएमसी मोर्चामा सामेल
22Jun2015
Post a Comment