समयमा पहाड़को मुकुटविहीन राजा मानिने सुवास घिसिङको घर खण्डहर बन्दैछ

GNLF Chief Subash Ghising House in Darjeeling
दार्जीलिङ,12 जुलाई (शरण गुरुङ): एकसमय पहाड़को मुकुटविहीन राजा मानिने गोरामुमो सुवास घिसिङ पहाड़बाट लखेटिएपछि उनको समयमा हरेक दिन आवातजावत अनि जनताको घुइँचो लागिरहने उनको निजी वासस्थान(Subash Ghising house in Darjeeling) हालमा खण्डहर अवस्थामा सुनसान रहिरहेको छ। लामो समयदेखि बन्दावस्थामा रहेको उक्त घरको स्याहार सुसार नभएकोले झारपातको घारी भएको छ। झ्याल ढोकाका अधिकांश ऐनाहरू सबै फुटिसकेको भने बरण्डा अनि घरवरिपरि घासपातहरूले पुरै ढाकिसकेको छ। छिमेकीहरूले बताएअनुसार गोरामुमो प्रमुखले छोड़ेर गएपछि आजसम्म यो बन्द रहेको छ। स्याहार सुसार गर्नेहरू पनि कोही खटाइएको छैन। फलस्वरूप पहाड़मा 21 वर्षसम्म एकक्षत्र राज गर्ने गोरामुमो सुप्रिमोको निजी वासस्थान अहिले खण्डहरजस्तो बेस्याहार अवस्थामा पुगेको छ।
गोर्खाल्याण्ड आन्दोलनकै कारण जनताको आँखाको तारा भएका सुवास घिसिङ गोर्खाल्याण्ड आन्दोलनकै कारण जनताको आँखाको छारो पनि भए। 1980 को दशकमा छुट्टै राज्य गोर्खाल्याण्डको ऐतिहासिक आन्दोलनको सुत्रपात गर्ने घिसिङले 22 अगस्त 1988 सालमा दागोपापमा सम्झौता गरेतापनि 2008 सालसम्म पहाड़मा एकक्षत्र राज गरे। आफ्नो शासनकालमा मुकुटविहीन राजा अनि महामहिमको उपाधिसमेत पाएका घिसिङ 7 अक्टोबर 2007 मा गोर्खा जनमुक्ति मोर्चा को गठन भएपछि  पहाड़बाट आफ्नो वर्चस्व गुमाउँदै गए। गोजमुमोले दोस्रोचोटि गान्धीवादको नारासहित गोर्खाल्याण्ड आन्दोलन शुरू गरेपछि घिसिङको राजनैतिक करियरको अवसान शुरू भयो। पहाड़को निम्ति विधेयक पारित भइसकेको छैटौं अनुसूचिसितै सुवास घिसिङलाई पनि पहाड़को जनताले ठुकराइ दिए। फलस्वरूप मार्च 2008 सालमा उनले दागोपापको केयरटेकर पदबाट राजीनामा दिनुपऱ्यो।
इण्डियन आइडल प्रशान्त तामाङ प्रकरणबाट शुरू भएको गोर्खाल्याण्ड आन्दोलन जति जति प्रभावशाली बन्दै इयो त्यत्ति नै गोरामुमो अनि सुवास घिसिङ पहाड़बाट प्रभावहीन बन्दै गए। फलस्वरूप चारैतिरबाट गोरामुमोका नेताहरूले पहाड़को जनताको विरोध प्रदर्शनहरू झेल्नुपर्ने स्थिति आइपऱ्यो। यस्तै विरोध प्रदर्शन भइरहेको बेला 26 जुलाई 2008 मा पार्षद्दिपक गुरूङको घरभित्रबाट हानेको बुलेटले नारी मोर्चाका कार्यकर्त्ता प्रमिला शर्माको घट्नास्थलमै मृत्यु भयो। यस काण्डमा दिपक गुरूङको घरभित्रबाट गोरामुमोका शीर्ष नेतृत्वहरू क्रमैले दिपक गुरूङ, ऐतराज देवान, नरेन्द्र कुमाईलगायत 14 जनालाई पुलिसले पक्राउ गऱ्यो। उक्त घट्नाले राक्किएका गोजमुमो समर्थकहरूले दिपक गुरूङको घरमा आगो लगाइदिए भने चारैतिर व्यापक विरोध प्रर्दशन गरियो। यसै विरोधकाण्डको दबाउले भोलिपल्ट अर्थात्‌ 27 जुलाई 2008 मा गोरामुमो सुप्रिमो सुवास घिसिङले आफ्नो निजी घर अनि पहाड़ै छोड़्नुपऱ्यो।
यसरी पहाड़को जनताको मनप्राणमा बसेर 21 वर्षसम्म आफ्नो इशारामा पहाड़ चलाउने सुवास घिसिङले असहाय अवस्थामा पहाड़ छोड़ेपछि उनको राजनैतिक करियर शुन्य डिग्रीमा झऱ्यो नै सामाजिक तौरमा पनि उनी पहाड़वासीको विलेन साबित भए। पहाड़वासीले उनलाई पहाड़ चड़्नै नदिने प्रतिवद्धता देखाएपछि एकसमयमा मन्दिर जत्तिकै पुज्य रहेको सुवास घिसिङको निजी वासस्थान पनि उपेक्षित बनियो। स्याहार-सुसार नभएकोले झारपात अनि लेउ लागेर अहिले घिसिङको वासस्थान खण्डहर अवस्थामा पुगिसकेको छ।
पहाड़ छोड़ेको लगभग 3 वर्षपछि पहाड़को विधानसभा चुनाउलाई सिढी बनाइ 8 अप्रेल 2011 मा सुवास घिसिङ पहाड़ चढ्दा उनको उक्त घर लगभग महीनादिनको खोलिएको थियो। विधानसभा चुनाउमा आफ्नो प्रार्थीहरूको निम्ति चुनाउ प्रचार गर्न उनी पहाड़ चड़ेको बेला आफ्ना समर्थकहरूलाई यसै घरबाट मिठाई बाड़्दै अब आए निश्चिन्त बस्नु। कोही नडराउनु भनी आफ्ना समर्थकहरूलाई आश्वासन पनि दिएका थिए। तर विधानसभा चुनाउमा गोजमुमो प्रार्थीहरूसित आफ्नो प्रार्थीहरू चित्परेपछि लगत्तै 16 मई 2011 मा उनले फेरि पहाड़ छोड़ेर मधेश झरे। त्यसपछि भने आजसम्म कसैले उनको घर खोलेका छैनन् कसैले स्याहार सुसार पनि गरेका छैनन् लामो समयदेखि भोटे ताल्चा झुण्डिएको गोरामुमो सुप्रिमोको घर अहिले झारपातले घेरेर खण्डहरमा परिणत हुँदै गइरहेको छ। राजनैतिक उतार-चढाउबीच आफ्नो वर्चस्व पुन: फर्काल्याउने उद्धेश्यमा लागिपरेको गोरामुमो सुप्रिमो सुवास घिसिङले जलपाइगढी छोड़ेर अहिले मतिगढा आइपुगेको भएतापनि पहाड़मा स्थित उनको आफ्नो खून पसीनाले जोड़ेको घरको संघार भने कहिले टेक्ने हुन्अथवा टेक्नै नपाउने हुन्भन्ने रहस्योद्घाटनको प्रतीक्षा साचेर उनको घर भने अहिले सुनसान अनि उपेक्षित अवस्थामा उभिरहेको छ।

एकसमय पहाड़को मुकुटविहीन राजा मानिने गोरामुमो सुवास घिसिङ पहाड़बाट लखेटिएपछि उनको समयमा हरेक दिन आवातजावत अनि जनताको घुइँचो लागिरहने उनको निजी वासस्थान(Subash Ghising house in Darjeeling)

Read latest post filed under political reviews

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.