राजमार्ग ३१ ए मा पहिरो संगै रुख झर्दा वाहन क्षतिग्रस्त

Road Accident at 31 A highway lohapool
मङपु१२जुलाई(केशर मोक्तान): हिज रातभरि परेको मुसुलधारे पानीले सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग ३१ए लाई अस्त व्यस्त बनाएको छ | सम्भवत आज बिहान ५ बजे तिर राष्ट्रिय राजमार्ग ३१ए लोहापुल नजिक पहिरो संघै माथिबाट रुख झर्दा सिलगडीबाट सिक्किम तर्फ गइरहेको दैनिक पत्रिका बोक्ने प्रेसको स्पेसियो  गाड़ी नम्बर SK 01 J.1306. पूर्णरुपले क्षतिग्रस्त बनाएको छ | गाडी मालिक बी.बी. गुरुङले बताए अनुसार उक्त घटना अवधी उनको चालक छोरा र एक यात्री पहिरो गएको क्षेत्रमा हेर्न गएको समयमा  नै माथिबाट रुख लडेर वाहनमा लागेको कारण आफ्नो वाहन क्षतिग्रस्त भएको बता | राजमार्गमा उक्त घटना भएको सुन्न साथ रम्बी प्रहरी दल घटना स्थलमा पुगी निरक्षण  गर्दे ग्रेफ कर्मीको सहयताद्वरा दुर्घटना ग्रस्त वहाँलाई निकालेर राजमार्गलाई खोल्न सफल भए | असारे महिनाको मूल झरीमा परेको हात्तीसुडे पानीले  राजमार्ग ३१ए को धेरै ठाउँमा  पहिरो गएको कारण आज दिन भरि नै राजमार्गमा वाहनहरु यतायत गर्न धेरै नै समय लागेको देखियो|  ग्रेफले सडकलाई चौड़ादार गर्न राजमार्गमा चारैतिर भित्ता कटिंग गरेको कारण नै राजमार्गको अवस्था यस्तो हुन पुगेको भन्ने चलाकहरूको गुनासो रहेको छ | भित्ता काटिएको धेरै जसो ठाउँमा वाल नगरेको कारणनै उक्त दुर्घटना भएको हो | यसरी भित्ता काटिएको ठाउँमा वाल नगरेको कारणले कतिवटा ठाउँमा पहिरो गएर ठुलो दुर्घटना हुने सम्भावना रहेको छ यस विषयमा सम्बन्धित बिभागले ध्यान दिएर वाल नवनिर्माण गर्न नितान्त आवश्यक देखिन्छ | यसरी भित्तामा काटेको माटो सडक मुनि फ्याकेको कारण लोहापूल नजिक राजमार्गमा पहिरोले सड्क तानेर झरेको छ | उक्त ठाउँमा आधा सडक भएको कारण वान वे मात्र वाहन चालचल भयो जसको कारण आज दिन भरि नै राजमार्गमा धेरै वाहन जाम भयो |

हिज रातभरि परेको मुसुलधारे पानीले सिक्किमको जीवन रेखा मानिने राष्ट्रिय राजमार्ग ३१ए लाई अस्त व्यस्त बनाएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.