मङपु१४जुलाई: लाब्दा
मङपु समष्टि अन्तर्गत लाब्दा
शाखा वार्ड नम्बर ५/६
अनि नकुल धुरा पार्टी कार्यकर्ताहरुलाई
लिएर स्थानीय रोई बंगलोमा
शाखा अध्यक्ष कमल थापाको सभापतित्वमा
एक सभा सम्पन्न भयो | सभामा पार्टीलाई
संगठानिक रुपमा अझ दरिलो बनाउने
उदेश्यलाई लिएर गरिएको उक्त
सभामा मोर्चा मङपु जोन सभापति
प्रदीप छेत्री सम्बोधन गर्दे
यस क्षेत्रमा भएको बिभिन्न
समस्यालाई लिएर अब क्षेत्रीय
समष्टि सभासद रतन थापा मार्फत
समस्याको समाधान गर्दे बिकाश
गर्ने कुरो बताए | उनले क्षेत्रको
अन्य समस्याहरु विजुली बत्ती,पिउने
पानी एवं बाटोको अगावै पहल
गरिसकेको सभाभामा आवगत गराए | हालमा
बिरोधीहरुले गाउँको विकासको
कार्य विधिलाई बाधा पुराउनलाई
नै पत्र पत्रिका मार्फत संगठन
विस्तार गर्न खोजेको आरोप लगाउदै
यस्ता कुतत्वहरुबाट सम्पूर्ण
जनता सतर्क रहने अपील गरे | दा.ता,डु,प्लान.ले.यू.
शाखा सचिव सुरेन राईले बिगत
२००० सालदेखि रोकिएको मजदुरहरुको
बदली काम हाल गोजमुमोको गोर्खाल्याण्ड
आन्दोलन कालदेखी यता उक्त कार्य
सुचारु रुपले संचालन भई रहेको
बताए | सभामा गाउँको समस्याहरुलाई
आउगत गराउदै गाउँको पक्षमा
सन्त कुमार राई,आजित राई,दिशान
फिपन.अम्बर गिरी,कुसल मोहोरा
एवं बिभोर सिंग्दनले पनि सम्बोधन
गरे | गोजामुमो शाखा सचिव दिजेन्द्र
राईले संचालन गरेको सभाको अन्त्यमा
सभापति कमल थापाले सम्बोधन
गर्दे सभा आँट गरियो |
Post a Comment
We love to hear from you! What's on your mind?