गोरामुमोको अस्तीत्व नहुनु भनेको दिउसै पुल्ठो बालेर बाटो खोज्नु बराबर हो | लाब्दा बस्तीमा गोरामुमोको सभा

gnlf flag
मङपु१४जुलाई: मङपु क्षेत्रमा गोरामुमो भिलेज गठन हुन थाले पछि  यहाँ गोजामुमो र गोरामुमो माझ आरोप र प्रत्यारोप लगाउने क्रम जारी रहेको देखिन्छ | यसरी हिज कुलदीप राईको बासस्थानमा लाब्दा बस्ती गोरामुमो साखाको एक सभा सुरेन तामांङको अध्यक्षतामा सम्पन्न भयो | सभामा ७ जुलाईमा एक नेपाली दैनिक समाचार पत्रमा लाब्दा बस्तीमा  गोरामुमोको अस्तित्वा नरहेको खबरको  बक्ताहरुले पूर्ण रुपले खण्डन  गर्दे यहाँ दिनप्रतिदिन गोरामुमो पार्टिका कार्यकर्ताहरु बडीरहेको ठोकुवा गरे | यस क्षेत्र समेटेर गोरामुमो गठन गर्दा यहाको विकाशमा के बाधा पुगेको छ, अनि अनि यस भेकमा अरुले  के बिकाश गरेको छ  भनि बक्ताहरुले प्रश्न राखे | लाब्दा बस्तीमा गोरामुमोको अस्तीत्व नहुनु भनेको दिउसै पुल्ठो बालेर बाटो खोज्नु बराबर हो, यस्तो मानसिकता भएको मान्छेको बयान हास्यापद मात्र हो यस्ता कुरामा कुनै सत्य छैन भन्दै भक्तहरुले यस भेकमा गोरामुमोको अस्तीत्व नरहेको खबरको पूर्णरुपले भत्सर्न जनाए भन्ने जानकारी प्रेस बिज्ञप्ती मार्फत पार्टी कार्यकर्ता कुलदीप राईले दिएका छन |

मङपु क्षेत्रमा गोरामुमो भिलेज गठन हुन थाले पछि यहाँ गोजामुमो र गोरामुमो माझ आरोप र प्रत्यारोप लगाउने क्रम जारी रहेको देखिन्छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.