सिटोङ, ३१ जुलाई (निस) : छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पुनः एकपटक तीब्र गर्दै मोर्चाले तेश्रो चरणको आन्दोलन अन्तर्गत घोषणा गरेको तीनदिने बन्दको आज तेश्रो दिन पनि सिटोङ-लाट समष्टिमा शान्तिपूर्वक बितेको छ भने कहीं कतै अप्रिय घटनाहरु भएको खबर प्राप्त भएको छैन | बन्दको अवधि समष्टिअन्तर्गत सबै क्षेत्रमा सिन्कोना बगान, पाठशाला, विभिन्न कार्यालय, बजार अनि दोकान-पाट साथै यान-वाहनका चलाचल पुर्णरुपमा बन्द रहेका समाचार पाइएको छ |
यसैक्रममा बन्दको आज अन्तिम दिन लाटपन्चर मोर्चा खण्ड समितिले एक रयाल्ली अनि पथ-सभाको आयोजना गरेको थियो | दिउँसो दुइ बजेदेखि लाटपन्चर चाम्रा गोदाम परिसरमा शुरु भएर उक्त रयाल्ली गोर्खाल्याण्डको माग र समर्थनमा नारा लगाउँदै लाटपन्चर उच्चतर माध्यमिक बिद्यालय, लाटपन्चर सार्बजनिक भवन हुँदै महर्षि चोकसम्म पुगि फर्केर चाम्रा गोदाम आइ एक पथ-सभामा परिणत भएको थियो | सभालाई खण्ड समिति सभापति शेखर थापा अनि सचिव प्रमोद राईले सम्बोधन गरे | सभालाई सम्बोधन गर्दै बक्ताहरुले सबै कार्यकर्ता एवम् गोर्खाल्याण्डप्रेमी जनासाधारणलाई बन्दका अवधि साथ, सहयोगको निम्ति आभार ज्ञापन गरेका थिए भने भोलि अनि पर्सीको बन्दबाट छुट दिइएको कारणहरु अवगत गराउँदै उपस्थित सबैलाई आगामी दिनहरुमा गोर्खाल्याण्डको आन्दोलनक्रममा पालन गर्नुपर्ने कार्यक्रमहरुलाई सबैले आजजस्तै सम्पूर्ण साथ र सहयोग प्रदान गर्ने अपिल गरे | आजको रयालीमा खण्डसमितिअन्तर्गत शाखा-प्रशाखाबाट गोजनामो, गोजयुमो, श्रमिक सङ्गठन दातडुप्लालेयु, जीपीटीओ, कर्मचारी सङ्गठनलगायत अन्य भातृ सङ्गठन, कार्यकर्ता औ गोर्खाल्याण्डका पक्षधर साधारण जनताको सधैंभन्दा बृहत मात्रामा उपस्थिति रहेको दातडुप्लालेयु लाट युनिटका सचिव नविन चाम्लिङले जानकारी गराएका छ भने तिनले थप जनाएअनुसार असुविधाका छिटपुट जनगुनासोहरु पनि सुन्न नपरेको उल्लेख गर्दै गोर्खाल्याण्डप्राप्तिको लडाइँमा यसपल्ट क्षेत्रका जनताको अत्यन्तै उल्लेखनीय सहभागिता रहेको बताएका छन | उसैगरी यसपल्टको लडाई अन्तिम अनि निर्णायक बनाउनमा मोर्चालगायत सबै गोर्खाल्याण्डपन्थी बुद्धिजीवी, राजनैतिक नेता र सम्पूर्ण जनताको भूमिका रहनुपर्ने उल्लेख गर्दै मोर्चा सिटोङ-एक खण्ड समिति उपाध्यक्ष डीगेल लेप्चाले सिटोङ-एक क्षेत्रमा बन्द शान्तिपूर्वक औ पूर्णतया गोर्खाल्याण्डप्रति जनभावना पुनर्जागृत गर्ने हिसाबले पालन गरिएको बताएका छन | बिगत दिनहरुमा जे जे भए पनि एकापसका भेदभाव अब सबै भुलेर यसपल्टको कदमलाई गोर्खाहरु एकापसमा झगडा गर्ने आन्दोलन नबनाएर मोर्चा साथै पहाडका
गोर्खाल्याण्डका हिमायती सबै राजनैतिक दल एवम् गोर्खाल्याण्ड समर्थक अराजनैतिक सङ्घ-संस्थाहरुले यस आन्दोलनलाई उचित ठाउँमा लगि जातित्व र चिन्हारिको मुद्धालाई पार लगाउनुपर्ने समय आएको लेप्चाले बताए | मोर्चाद्वारा यसपल्ट शुरु भएको आन्दोलनको नयाँ चरण अनि युवाहरुको आत्मदाहको उल्लेख गर्दै तिनले शुरुमा जसरि सम्पूर्ण जनता एक भएर मुद्धाको निम्ति लडेका थियौँ उसरी नै फेरि एकपटक जुट्ने बेला आएको छ भने यसपल्ट कसैले पनि सरकारको साँचिलो हुने कोशिस गरेर जातिप्रति विस्वासघात गर्नु नहुने बताए | हामीले हाम्रो आउने पिडीको निम्ति यसपल्टको आन्दोलनलाई असफल हुन दिनु नहुने ठोकुवा गर्दै यसपल्ट गोर्खा गोर्खा नभिडेर सरकारको गोर्खाल्याण्डबिरोधी हरेक षड्यन्त्र असफल पार्नमा सबैको ध्यान केन्द्रित रहनु पर्ने अनि आगामी दिनहरुमा मोर्चाद्वारा यसतर्फ गरिएको पहल अनि आन्दोलनका हरेक कार्यक्रमहरुमा सर्वस्व त्यागेर हामफाल्न सिटोङका जनता तयार रहेको बताएका छन | त्यस्तै प्रकारले सिटोङ-दुइ गोजमुमो खण्ड समिति सभापति दानियल खवासबाट प्राप्त जानकारीअनुसार सिटोङ-दुइ क्षेत्रमा पनि बन्द पूर्णतया सफल एवम् शान्तिपूर्वक बित्यो | क्षेत्रका गोर्खा सन्तानहरुप्रति आभार व्यक्त गर्दै तिनले पनि आगामी दिनमा मोर्चा शीर्षस्थ नेतृत्वद्वारा घोषणा गरिएका एवम् गरिने सम्पूर्ण कार्यक्रमहरुमा खण्ड समितिका सबै एकाइ अनि भातृ-सङ्गठनको सहभागिता रहने बताएका छन भने यसचरणको आन्दोलन गोर्खाल्याण्ड प्राप्त गरेर मात्र बिसाउने विश्वास व्यक्त गरेका छन |

Post a Comment
We love to hear from you! What's on your mind?