मंग्पूमा स्त्री बन्ध्याकरण शिबिर सम्पन्न

Women ligation operation in Mungpoo
 मङपु:२५जुलाई(केशर मोक्तान): जनसंख्याको आधारमा चीन  देश विश्वमानै प्रथम  अनि भारत दोश्रो स्थानमा रही आए तापनि वर्तमान जन्मको संख्यालाई नियाल्दा अब दश बर्षको अन्तरालमा पहिलो स्थान भारतले नै ओगट्ने स्वस्थ्य विभागीय अधिकारीहरूको भनाइ छ | परिवार नियोजनको परिकल्पनामा भारतदेशले बिश्वमा प्रथम व्यवहारमा ल्याएतापनि जन्म नियन्त्रण सन्तोषजनक नरहेकै फलस्वरूप बिश्वको मानचित्रमा केवल दुई प्रतिशत भूभाग ओगट्ने भारत देशले जनसंख्या १७ प्रतिशत आफ्नो झोलीमा अटाउन बाध्य बनेको छ | यसै सन्दर्भिक  परिपेक्षमा हरेक बर्ष जुलाई महिनमा विश्व जनसंख्या दिवसको उपलक्ष्यमा देश भरिनै परिवार नियोजन बारे कार्यक्रमहरु भइरहेको छ | यसै कार्यक्रम अनुसार आज तक्दा खण्ड प्राथामिक स्वस्थ्य केन्द्र अनि मङपु सरकारी कुलैन बगानको सामुहिक प्रयासमा ३८ जना इच्छुक महिलावर्गले स्थायी बन्ध्याकरण गरि ढुक्क भए | यस शिबिरमा डा.टी बिश्वाश(शल्य चिकित्शालय)खर्सांग   महकुमा आस्पताल,तक्दा बी.एम.ओ.एच.  डा.किरण डुक्पा  तथा  तक्दा अनि मङपु क्षेत्रका स्वस्थ्य विभागीय कर्मचारीहरु उपस्थित  रहेका थिए | परिवार नियोजनको स्थायी एवं अस्थायी साधनहरु बारे पनि स्वस्थ्य कर्मीहरुले उपस्थित जनसाधारणहरुलाई  आवगत गराए | कार्यक्रमको अन्त्यमा  डा. आर.दुक्पाले सिन्कोना बगान व्यवस्थापक लगायत शिबिरमा सहयोग गर्ने सबै सबैलाई आभार व्यक्त गरे भन्ने जानकारी स्वस्थ्य कर्मचारी भीम.कुमार तामांङले दिएका छन |

जनसंख्याको आधारमा चीन देश विश्वमानै प्रथम अनि भारत दोश्रो स्थानमा रही आए तापनि वर्तमान जन्मको संख्यालाई नियाल्दा अब दश बर्षको अन्तरालमा पहिलो स्थान भारतले नै ओगट्ने स्वस्थ्य विभागीय अधिकारीहरूको भनाइ छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.