मङपु११अगस्ट(निस): छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा गोजामुमो लाब्दा बस्ती शाखाले स्थानीय खाश बुनियादी पाठशाला देखि गुरुङ गाउँ सम्म पुल्ठे जुलुस निकाले | राज्य सरकारको दमन नीतिको बिरुद्द वी.वान्ट.गोर्खाल्याण्डको नारा लगाउदै मोर्चा समर्थकहरुले पुल्ठे जुलुश निकाले जुलुश सार्वजनिक भवनमा आई सभामा परिणत भयो | रोशन छेत्री द्वरा संचालन गरेको सभामा पार्टी कार्यकर्ताहरु प्रल्हाद राई,बिबेक छेत्री,ऐ.के.राई गोपाल राई,उर्गेन लामा अनि अजय छेत्री आदीले सभालाई सम्बोधन गरे | वक्ताहरुले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मोर्चा अध्यक्ष बिमल गुरुङको हात दह्रिलो पार्न सम्पुण जनता सडकमा उतिने अपील गरे |
Post a Comment
We love to hear from you! What's on your mind?