मङपु११अगस्ट(केशर मोक्तान) आज मोर्चाले
डाकेको ९ वा दिनको बन्दमा
राज्य सरकारको दमन नीतिको बिरुद्दमा गोजामुमो भातृसंगठन जीपीटीओं,जेएसटीओं,जकस,भू.पू,सैनिक,चालकसंगठन,एमएसके,एस.एस.के.अनि गैरसरकारी बिधालय संगठनका
कार्यकारी सदस्यवर्गले
वी.वान्ट.गोर्खाल्याण्डको
नारा लगाउदैं सडकमा उत्रिए | शुरमा
शहिद मंगलसिहं राजुपुतको
निधनमा दुई मिनटको मौन धारण
गरे पछि नालीडाड़ा देखि रेसेप
वजार सम्म भातृ संगठनका कार्यकता
एवं मोर्चा समर्थहरुले रयाली
निकाले | उक्त रयाली नालीडाड़ामा
आई पथ सभामा परिणत भयो | मङपु
जोन भू.पू.सैनिक अध्यक्ष पी.के.राईको
अध्यक्षतामा सम्पन्न भएको
पथ सभालाई सम्बोधन गर्दे जेएसटीओ
सचिव सरोज थापाले गोर्खा
दाजुभाई देशको निम्ति सहिद
हुदा मात्र हामी भारतीय र छुट्टै
राज्य गोर्खाल्याण्डको मांग
गर्दा र आफ्नो जातीय चिन्हारीको
कुरा गर्दे चै हामीलाई किन
विदेशी भनि सरकारले लाल्छना
लगाउछ भनि उनले प्रश्न गरे | आज
भारतको मानचित्र कोर्दा देखिको
गोर्खाहरुको इतिहास रहि आएको
बताउदै राज्यका मन्त्रीहरुले
गोर्खाहरुलाई बिदेशी लाल्छना
लगाउनु अघि उनीहरुले इतिहास
पद्नु पर्ने सुझाव राखे | भारतमा
२९वा राज्य गठन हुनु लाग्दा
हामीले संबिधानको आधारमा हाम्रो
१०७ बर्ष पुरानो छुट्टै राज्यको
मांगलाई सरकारले किन दिदैन? यदी
छुट्टै राज्यको आन्दोलनमा
गोर्खाहरु बिस्फोट भए यसको
जिमेवारी केन्द्र सरकार हुनु
पर्छ | के भोलिको दिनमा हाम्रो
सिमाना क्षेत्रमा युद्ध
हुदाँ मात्र सरकारले हामीलाई सम्झने ? बनी प्रश्न राखे | पश्चिम बङ्गाल सरकारले गोर्खाहरुलाई नेपालबाट हतियारहरु छिराइरहेको आरोप को खण्डन गर्दै यदि सरकारले हामीलाई यो नजरले हेर्छ भने भोलिको दिनमा भारत-नेपाल,भारत-चाइना,भारत-भुटान बिचको सम्बन्ध बिग्रेमा सरकार आफै दायी रहने छ भनी बताए | सचिव थापाले
मोर्चा अध्यक्ष बिमल गुरुङको
दिशा निर्देशलाई शिरोपर गर्दे
अहिलेको पिडिले गोर्खाल्याण्डको
आवाज दिन सक्नू पर्छ र सबै जनताको
आवाज पहाड़ कन्दरामा छरिएको
हुनु पर्छ तब मात्र हाम्रो
आन्दोलनको आवाज दिल्ली सम्म
पुग्नेछ भनी बताए | असीत थापाले संचालन
गरेको सभालाई सम्बोधन गर्दे
जीपीटीओ मङपु जोन सचिव सुदेश
थापाले आज राज्यले दार्जीलिंगको
आय स्रोतको थुक निल्ने गरेको
आरोप लगाए | आज यहाँबाट राज्यले
कर उठाएर खाने बानी बसेको कारण
नै बंगाल बिभाजन हुदैन भनि
भन्दैछ भन्दै उनले दार्जीलिङ
समग्र गोर्खा सन्तानको मुटु
हो र यो मन्त्री गौतम देवलाई
थाहा हुनुपर्छ भनि जनाए | केन्द्र
र राज्य सरकारको कडा आलोचना
गर्दे एस.एस.के.सचिव शरद राईले
राज्य प्रशाशनको सामुहिक उदपीदनको
घोर बिरोध गरे | सभामा जकस सचिव
प्रेम शेर्पा एम.एस.के.बाट रतन
अधिकारी,भ.पू.सैनिकबाट डी.ब्लोन
र पी.के.राई,चालक संगठनबाट सचिव
अनील थापा,वाहन मालिक संगठन
पक्षबाट संजय थापा,भू.पू.शिशक
संगठनबाट पी.बी.सिङदन् आदिले
बक्तब्य राखे | बक्ताहरुले छुट्टै
राज्य प्राप्तीको निम्ति पहाडका
समस्त पार्टीहरु एक भई सडकमा
उत्रिने समय आएकोले सबैलाई
गोर्खाल्याण्डको मांगमा एक
भइ अघि बढ्ने सुझाव राखे |
Post a Comment
We love to hear from you! What's on your mind?