मङपु२९अगष्ट(निस): नेपाली
दैनिक समाचार पत्र हिमालय दर्पण कालेबुङ शाखाको
ब्युरो चीफ अजय अग्रवाललाई
केहि युवाहरुले धम्की दिदै पाँच
लाख रुपियाँ मागेको समाचार
प्रकाशमा आए पछि मङपु प्रेस
क्लबले पनि उक्त घटनाको निन्दा
गर्दै दोषी व्यक्तिहरुलाई
पुलिस प्रसासनले झट्टै पक्राउ
गरि कडा भन्दा कडा सजाई दिने
मांग गरेको छ | आज एक पत्रकारलाई
यसरी धम्की दिएर पैसा मागेको
उक्त घटना प्रति मङपु प्रेस
क्लबका पत्रकारहरुले घोर बिरोध
जनाएको छ | यस घटनाले आज फेरी
क्षेत्रीय पत्रकारहरुको सुरक्षा
माथि प्रश्न उठ्न थालेको स्थानीय
पत्रकारहरुले महशुस गरेको
छ साथै नि:पक्ष, निस्वार्थ समाचार पत्र - पत्रिका र सम्वाददाताको सुरक्षा गर्नु हरेक पाठक तथा जनसाधारणको पनि दायित्व हो र सबै डटेर नै यस प्रकारको घटनाको सामना गर्नु पर्ने बताएको छ |
गणतन्त्रको चौथो स्तम्भ
मानिने समाचार पत्रको सम्वाददाता माथि धम्की भनेको गणतन्त्र माथि कुल्चिमिल्ची गर्नु हो र यस प्रकारको
घटनाफेरी हुन नदिन प्रशासनले
झट्टै उचित कदम उठाउनु पर्ने
मङपु प्रेस क्लबले मांग गरेको
छ |

Post a Comment
We love to hear from you! What's on your mind?