मङपु२९अगष्ट(केशर मोक्तान); आज मोर्चा द्वारा डाकिएको दोश्रो चरणको बन्दको ११वा दिन लाब्दा मंग्पू समष्टिमा शान्तिपूर्ण साथ बित्यो भने आज विद्यार्थी मोर्चा द्वारा पनि गोर्खाल्याण्डको मागलाई अझ तिब्र बनाउने क्रमलाई शिरोपर गर्दै मुसुलधारे पानीको वास्तै नगरि “वी.वान्ट.गोर्खाल्याण्ड” को नारा लगाउदै मङपु वरिपरि बिधायलयका विधार्थीहरुले सडकमा उत्रेर तिब्र स्वरमा नै गोर्खाल्याण्डको माग गरे | उक्त जुलुस रेसेप बजार परिक्रमा गर्दै नालीडाड़ामा आइपुगे पछि पथ सभामा परिणत भयो | बिध्यार्थी मोर्चा मङपु जोन द्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै केन्द्रीय समिति सदश्य अनमोल थापाले विधार्थीहरुले सबै कुरा सफल पार्न सक्ने ठोकुवा गर्दै छुट्टै राज्य गोर्खाल्यान्ड आन्दोलनको निम्ति सम्पूर्ण बिधार्थीहरुले सहयोग गर्न पर्ने कुरो बताए | यसै अवसरमा मोर्चा प्रमुख द्वारा केही दिन अघि अब गोर्खाल्याण्ड नमाग्ने भनेर दिएको टिप्पणीलाई नकारात्मक दृष्टिले नहेरेर वहाँले गोर्खाल्याण्ड भन्दा अझ ठुलो कुरो मागेको हो र यसलाई मिडियाले गलत प्रचार गरिएको आरोप पनि लगाए | यसका साथै केही दिन अघि डा० महेन्द्र पी० लामाको मंग्पू भ्रमणलाई केन्द्र गर्दै मंग्पूका शिक्षित जमातलाई हेरेर नै उनी यहाँ आएको अनि यहाँको एकतालाई टुक्राउन खोजिरहेको पनि तिनले आरोप लगाएका छन् | यति मात्र नभएर डा० लामाले जातीय अस्मिताको लडाईलाई पनि धमिल्याउने काम गरिरहेको बताउंदै यस्तो परिवेशदेखि सबै जनता होशियार बस्नु पर्ने अव्गात गराए |
विद्यार्थी मोर्चा मंग्पू जोन संयोजक पवन थापाले संचालन गरेको सभामा विष्णु प्रसाद शर्माले जुलुशमा सहभागिता दिने सम्पूर्ण विद्यार्थीवर्ग लगायत शिक्षक – शिक्षिकाहरुलाई आभार प्रकट गरे |
विद्यार्थी मोर्चा मंग्पू जोन संयोजक पवन थापाले संचालन गरेको सभामा विष्णु प्रसाद शर्माले जुलुशमा सहभागिता दिने सम्पूर्ण विद्यार्थीवर्ग लगायत शिक्षक – शिक्षिकाहरुलाई आभार प्रकट गरे |

Post a Comment
We love to hear from you! What's on your mind?