मङपु२७अगष्ट(केशर
मोक्तान): मङपु लाब्दा बिभाग निवासी
मदन राईको घरमा हिज
राती ९.३० बजे चट्याङ हानेको
कारण गोठमा बाधिएको ब्याउने
गाईको मृत्यु भएको समाचार छ | घरमा
अनि गोठमा चट्याङ हानेकोले घरमा
जड़ान गरिएको बिधुतको तार चुडिनाको
साथै घरमा लगाएको बिजुली बत्तीको
कटआउट समेत उछिटिएर हराएको बताएको छ | उक्त घटना भएको समयमा बिधुत सर्वाह नभएको कारण अझ ठुलो
क्षति हुनबाट जोगियो यदि त्यस
समय बिधुत सर्वाह भएको भए
धेरै ज्यानमालको खति हुनेथियो
भनि प्रत्यक्षदर्शीको भनाई
छ | यस भन्दा एक हफ्ता अघि पनि
लाब्दा विभागमा एउटा घरमा चट्याङ
हान्दा घर पूर्णरुपले क्षतिग्रस्त
हुनको साथै बिधुत यन्त्रहरु
पूर्णरुपले जलेको थाहा लागेको
छ | स्थानीय वृद्धा बासीन्दाको
भनाई अनुसार पहिले भन्दा हिज आज
एकदमै ज्यादा चट्याङ हानेको
कुरा उनीहरु बताउछन | बिशेष सुत्र
द्वारा थाहा लागे अनुसार
हालमा चारैतिर मोबाईल टावरहरु
लगाएको कारण पनि बितेको बर्ष
भन्दा यस बर्ष ज्यादा चट्याङ
हानेको हुन सक्ने आशंका व्यक्त
गरिएको छ | बारम्बार प्राकृतिक
प्रकोपको कारण हानिरहने चट्याङले
मङपु क्षेत्रमा दुई सय भन्दा
ज्यादा टेलिभिजन जल्न अथवा
बिग्रनको साथै धेरै मात्रमा
बिधुत यन्त्रहरू बिग्रिएको
समाचार प्राप्त भएको छ | बिशेष
गरेर चट्याङ हानेको समय टी.बी.
मा क्याबल तार जोडेर राखेको
कारण नै ज्यादा मात्रामा टी.बी.हरु
जल्न पुगेको थाहा लागेको छ |

Post a Comment
We love to hear from you! What's on your mind?