मङपुमा एसबीआईको एटीएम सेवा शुरु

SBI ATM Mungpoo
मङपु१५नोभेम्बर(केशर मोक्तान): दीर्घ दिनदेखि मङपुबासीले यस क्षेत्रमा  एटीएम हुनु पर्छ भनि मांग गर्दै आइरहेका थिए भने सो मांग हालमा आएर पुरा हुनु पुगेको छ | गत सोमबार देखि यहाको रेसेप बजारमा भारतीय स्टेट ब्यांकले एसबीआईको एटीएम(State Bank Of India(SBI)) सेवा शुरु गरेकोमा सम्पूर्ण मङपुबासी जनताले सम्बन्धित बिभाग प्रति आभर व्यक्त गरेका छन | स्मरण रहोस बिगत दिन सम्म मङपु सिन्कोना बगान कर्मचारीवर्गले दार्जीलिंङ,सिलिगुडी तथा कालेबुङ पुगी एटीएम बाट मासिक वेतन थप्न बाध्य रहेको थिए भने अब मङपुमा नै उक्त सुबिदा प्राप्त हुने आशा सिन्कोना कर्मचारीले गरेको  छ | यस्तै गरि भारतीय स्टेट ब्यांकले यसको शाखा पनि चाडै खोलिदियाजवोस भनि स्थानीय जनताले कृतपक्ष प्रति मांग गरेको छ | मङपुमा झट्ट भन्दा झट्ट एस.बी.आई.को शाखा खोलिन पर्छ भनि मांग गर्दै जीटीए सभासद रतन थापा अनि मोर्चा मङपु जोन शिर्ष नेतृत्वहरु कोलकाता पुगी राज्य स्टेट ब्यांक व्यवस्थापक सित भेट गरिसकेको थाहा लागेको छ | यस्तै गरि सिन्कोना बगान निर्देसक डा.जी.सी.सुब्बाले पनि सम्बन्धित विभागलाई मङपुमा भारतीय स्टेट ब्यांकको शाखा खोलिदिने मांग गर्दै पत्राचार गरिसकेको थाहा लागेको छ |

दीर्घ दिनदेखि मङपुबासीले यस क्षेत्रमा एटीएम हुनु पर्छ भनि मांग गर्दै आइरहेका थिए भने सो मांग हालमा आएर पुरा हुनु पुगेको छ | गत सोमबार देखि यहाको रेसेप बजारमा भारतीय स्टेट ब्यांकले एसबीआईको एटीएम(State Bank Of India(SBI))

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.