सिम्लेको सडक निर्माण कार्य शुरु हुने, राजनैतिक दलहरु श्रेय लिन होडबाजी

PMGYS Road in mungpoo
मङपु१५नोभेम्बर(केशर मोक्तान): लाब्दा मङपु समष्टि अन्तर्गत सिम्ले धुरामा केही बर्ष अघि देखि निर्माण हुदै गरेको प्रधानमन्त्री ग्रामीण  सडक योजनाको कार्य गत बर्ष देखि पूर्ण रुपले ठप्प बनेको थियो भने भोलि देखि उक्त सडक निर्माण कार्य शुरु हुने भएको छ | तर सडक निर्माण शुरु हुन् अघि नैराजनैतिक दलहरु भने श्रेय लिनमा होडबाजी हुन शुरु भएको देखियो | आज तृणमूल पार्टी अनि गोजमुमो पार्टीले प्रेस बिज्ञप्ती मार्फत आ - आफ्नो पार्टीको पहलमा सडक निर्माण कार्य शुरु हुने भनि समाचार दिएको छ | आज क्षेत्रीय सभासद रतन थापाको पहलमा सम्बन्धित विभागका अधिकारीवर्ग अनि ठेकादार शिब लामाले उक्त बाटोको पुनः भ्रमण गरि एक औपचारिक भेट घाटमा गाउँलेहरुलाई भोलि देखि नै सडक निर्माण कार्य शुरु गरेर बर्खा शुरु हुन् अघि नै बाटोलाई पूर्ण रुपदिने प्रतिबद्दता जाहेर गरे | स्मरण रहोश दिब्य शक्ति कन्स्ट्रक्सनको ठेकादारीमा ओल्ड टिस्टा रोड नामले चिनिने उक्त सडक बिगत चार बर्ष अघि खन्ने कार्य मात्र भएर अलपत्र अवस्थामा छोडीराखेको कारण ग्रामबासीले धेरै मात्रामा दुख पाएको थियो | यसैले उक्त समस्याको समाधानार्थ स्थानीय सिम्ले शाखा प्रतिनिधि एवं गाउँका सचेत व्यक्तिहरुको  पहलमा गोजमुमो अध्यक्ष बिमल गुरुड़ संग हिज स्थानीय कालेबुङ पी.डब्लु.बंग्लोमा भेट गरि समस्य बिषय अर्जी पेश गरे  सो अवधि सभासद रतन थापा,सम्बन्धित विभागीय अभियन्त अनि ठेकादार शिब लामा पनि उपस्थित थिए भने गाउँको सडक निर्माण कार्य पुनः शुरु हुने भएकोमा ग्रामबासीले मोर्चा अध्यक्ष प्रति आभार व्यक्त गरेका छन भन्ने जानकारी पार्टीको पक्षमा अरीफ मंगरले प्रेस बिज्ञप्ती मार्फत दिएका छन |
अर्कोतिर टीएमसी पार्टीले प्रधानमन्त्री ग्राम सडक योजना मार्फत अडाई  किलोमिटर निर्मण हुदै गरेको उक्त सडक कार्य अधुरो रहेकोमा गाउँबासी अनि तृणमूल नेतृत्वको पक्षबाट सम्बन्धित मन्त्री प.बंगाल सरकारलाई ज्ञापन पत्र चड़ाएको फलस्वरूप उक्त सडकको नवनिर्माण कार्य  शुरु भएको ठोकुवा गर्दै ग्रामबासीले तृणमूल नेतृत्वलाई आभार व्यक्त गरेका छन | यसै सन्दर्भमा हिज ग्रामबासी साथै तृणमूल सिम्ले शाखा सचिव अर्पणदीप राई अनि पार्टी सयोजक पवन बलले ठेकादारहरु सित् भेट गरि बैठक गरेको थाहा लागेको छ | उक्त भेटघाटमा ठेकादारले यही सोमबारदेखि काम शुरु गर्ने साथै आगामी बर्ष २०१४को जुन महीना सम्म उक्त अधुरो कामलाई शुरु गर्ने बचन दिए भन्ने जानकारी प्रेस बिज्ञप्ती मार्फत असीत गुरुङले दिएका छन |

लाब्दा मङपु समष्टि अन्तर्गत सिम्ले धुरामा केही बर्ष अघि देखि निर्माण हुदै गरेको प्रधानमन्त्री ग्रामीण सडक योजनाको कार्य गत बर्ष देखि पूर्ण रुपले ठप्प बनेको थियो भने भोलि देखि उक्त सडक निर्माण कार्य शुरु हुने भएको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.