गोरामुमोको झन्डा लगाउने क्रम जारी,मनरेगाको काम रोकेकोमा तणमूलको सभा

GNLF Planting flag in village
मङपु लाब्दा बिभाग अन्तर्गत ७४ धुराको गोरामुमो शाखाले स्थानीय गाउँमा पार्टीको झन्डा लगाउने कार्य गर्यो | पार्टी कार्यकर्ताहरु गोरामुमो जिन्दाबाद,सुबाश घिसिंग जिन्दाबाद,पहाडमा हरियो झन्डा अमर रहोस,केन्द्र सरकारले छैटौंअनुसूची झट्टै लागु गर्ने पर्छ भनि नारा लगाउदै गाउँमा पार्टीको झन्डा लगाए | झन्डा लगाउने क्रममा पार्टीका कार्यकर्ता रुपन प्रधान,अल्बर्ट घिसिंङ,कुनाल राई,प्रवेश राई,बिशाल राई,रोशन राई,जनक राई लगायत अन्य पार्टीका कार्यकर्ता उपस्थित थिए भन्ने जानकारी पार्टी कार्यकर्ता प्रकाश राईले जानकारी दिएका छन |


मनरेगाको काम रोकेकोमा तणमूलको सभा

भारतको गणतान्त्रिक संसदीय व्यवस्थाले चल्ने व्यवस्थाहरु मध्ये एउटा व्यवस्था ग्राम संसद सभा पनि हो |ग्राम संसद सभाले पारित गरिएको प्रस्तावहरुलाई अमान्य ठानेर रोक्ने सभासद रतन थापाको तानासाही नितिको घोर बिरोध गर्दै एक आकस्मिक सभा मङपु तृणमूल पार्टी कार्यालयमा सम्पन्न भयो | जनताको बोल्ने  अधिकार ,चुन्ने अधिकार माथि सोझै हस्तक्षेप गरेर,ग्राम संसद सभाले लिएको निर्णयमाथि हस्ताक्षेप गर्ने सभासदले आफु पनि जनताकै मतमतान्तरले सभासद भएको कुरा बिर्सिनु हुदैन | टाउकोभरि अपराधिक मुद्धाहरु बोकेर लुकी लुकी हिड्ने सभासदले लुकेर भए पनि फेरी जनताको बोल्ने र चुन्ने अधिकारलाई गला घोट्ने काम गर्दैछ,यो एउटा घोर अपराध हो, उक्त मन्तब्य व्यक्त गर्दै तृणमूल शाखा सचिव शरद थापाले जनताको भावनासंग खेलवाड गर्दै पैसाको निम्ति आफ्नैहरुको अधिकार खोस्ने यस्ता तुच्छ मानसिकता भएका सभासददेखि मङपु होशियार बस्ने आह्वान गरे साथै ग्राम संसद सभाले चुनेर राखेको मनरेगा कार्यहरुको सुपरभाइजर निगरानी कमिटीलाई सभासद्को डरले फेरबदल गरे यसको परिणाम ठीक नहुने चेताउनी दिए | तृणमूल लाब्दा मङपु समष्टि सयोजक पवन बलको अध्यक्षतामा सम्पन्न यो आकस्मिक सभाको संचालन अर्पणदीप राईले गरेको थिए भनि उक्त जानकारी प्रेस बिज्ञप्ती मार्फत असीत गुरुङले दिएका छन |

गोरामुमोको झन्डा लगाउने क्रम जारी,मनरेगाको काम रोकेकोमा तणमूलको सभा - मङपु लाब्दा बिभाग अन्तर्गत ७४ धुराको गोरामुमो शाखाले स्थानीय गाउँमा पार्टीको झन्डा लगाउने कार्य गर्यो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.