ए.टी.एम. पछि मङपुमा एस.बी.आईको शाखा पनि हुनु पर्ने जनताको मांग

SBI Branch
मङपुमा केही दिन अघि भारतीय स्टेट ब्यांकको ए.टी.एम स्थानीय रेसेप बजारमा खोलिए पछि स्थानीय जनतालाई  धेरै सुबिधा भएको छ भने  अब चाड़ै नै एस.बी.आईको शाखा पनि  सम्बन्धित विभागले खोलि दिन पर्छ भनि स्थानीय  जनताले मांग गरेका छन | सम्भवत:  ५० हजार भन्दा अधिक जनसंख्या भएको ठाउँ मङपुमा हाल सम्म एउटा मात्र ग्रामीण ब्यांक रही आएको कारण स्थानीय  जनताले धेरै नै दुख झेल्न  परिरहेको जनगुनासो रही आएको छ यसैले मङपुमा एउटा भारतीय स्टेट ब्यांकको शाखा खोलिन नितान्त जरुरी देखिन्छ | मङपु सिन्कोना बगान कर्मचारीवर्गको मासिक वेतन पनि एस.बी.आई.बाट नै प्राप्त हुने भएकोले अनि छ कि.मी.तलतिर टिस्टा जलबिधुत परोयोजना एन.एच.पी.सी. चरण ३अनि४को मुख्यकार्यालय रहेको कारण पनि यहा एउटा स्टेट ब्यांकको शाखा खोलिन जरुरी रहेको देखिन्छ | मङपुमा भारतीय स्टेट ब्यांकको शाखा खोलिन् पर्छ भनि क्षेत्रीय सभासद रतन थापा अनि सिन्कोना बगान निर्देशक डा.जी.सी.सुब्बाले पनि पहल गरिरहेको जान्नमा  आएको छ | यसरी मङपु वरिपरि क्षेत्रका कृषक दाजुभाइले पनि मङपु स्टेट ब्यांकको शाखाको मांग गर्दै सम्बन्धित विभागका अधिकारीवर्गलाई पत्राचार गरिसकेको थाहा लागेको छ |

मङपुमा केही दिन अघि भारतीय स्टेट ब्यांकको ए.टी.एम स्थानीय रेसेप बजारमा खोलिए पछि स्थानीय जनतालाई धेरै सुबिधा भएको छ भने अब चाड़ै नै एस.बी.आईको शाखा पनि

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.