मङपू२६डिसेम्बर(केशर
मोक्तान) आज रङबी बीचकमान स्थित देछेन
थवरलिंङ सार्बजनिक बौद्ध गुम्बामा
सिक्किमबाट आएका धर्मगुरु
साङ्गे ग्याछो रिम्पोछेदारा
भक्तजनहरुलाई आशिर्वाद प्रदान
गर्दै अभिषेक(वांङ) बितावारण
गरियो | उक्त गुम्बामा तीनदिन
अघि देखि लामाहरुद्वारा फुर्बा/फुर्दोग
पुजा शुरु गरिएको थियो भने
आज आएर उक्त पुजा समाप्त भएको
छ | त्यस धार्मिक अनुष्ठानमा
मङपू दिन्छेन सेरप छोइलिंङ
गुम्बाका टुलकुगण लगायत स्थानीय
लामाहरुले पनि पुजापाठ गरे | रिम्पोछेको
आशिर्बाद थापना गर्न एवं अभिषेक
ग्रहण गर्न सिक्किम,दार्जीलिंङ,कालेबुङ,खर् साङ,तक्दाटिस्टाभेली
लगायत मङपू वरिपरी क्षेत्रबाट
हजारौ संख्यामा भक्तजनहरु
उपस्थित रहेका थिए | उक्त तीनदिने
धार्मिक अनुष्ठानमा सहयोग
गर्नु हुने सम्पूर्ण भक्तजनहरुलाई
पुजा आयोजक समिति सचिव एवं
धर्मगुरु लामा कुशक पाख्रीनले
सबैलाई आभारव्यक्त गरेका छन |
Post a Comment
We love to hear from you! What's on your mind?