अल इण्डिया तृणमूल
महिला संगठन मङपू शाखा गठनार्थ
एक सभा समष्टि सयोजिका रेजिना
गुरुङको अध्यक्षतामा सम्पन्न
भयो | सभामा टीएमसी पार्टीको
महिला संगठन गठन गर्नुको उदेश्य बारे
प्रकाश पार्दै लाब्दा मङपू
समष्टि पार्टी सयोजक पवन
बलले बिगत आन्दोलनले सिन्कोना
बगानलाई अब्यवस्थित बनाएको
आरोप लगाउदै यस उधोगको पुनोर्धार
गर्न आज तृणमूल पार्टी लागि
परेको कुरो जनाउदै महिला संगठन
विस्तार हेतु समष्टि सयोजिका
दायुत्व प्राप्त गर्न सयोजिका
रेजिना गुरुङको परिचय गराए | यसरी
मङपू यूनियन शाखा सचिव सुबास
छेत्रीले जातीय आन्दोलनले
राज्यप्राप्तीको लडाईमा हामी
सम्पूर्ण जातिलाई नै आखामा
धुलो हालेर राजनीति आज पहाडको
अवस्था डामाडोल भएको कुरा राखे | आन्दोलनको
नाममा दादागिरी, कसैले बोल्नै
नहुने खालको एक तन्त्र शाशनको
बिरोधमा आज टीएमसीको जन्म भएको
कुरा राखे | सभामा बिगत गोर्खाल्याण्ड
आन्दोलनमा सक्रिय रुपमा तन
मन दिएर सहयोग पुराएर आन्दोलनलाई
साथ दिएर आउने नारी मोर्चा
सभानेत्री पुष्पलता सुब्बालाइ
पनि पार्टी सयोजक पवन बलले
खदा लगाएर स्वागत जनाए | यसरी
आई.एन.टी.टी.यु.सी. मङपू जोनल
सचिव बुद्ध लामाले सभालाई सम्बोधन
गर्दै गोर्खाल्याण्डको नाममा ढाँटको राजनीतिले पहाडको जनता
ग्रस्त भए पछि आज यही ढाँटवारी
नीतिको पन्जाबाट उन्मुक्त
पाउन साथै बिनाकारण समाजबाट
बहिष्कार गर्ने तानाशाही शासनको अन्त गर्न आज तृणमूल पार्टीको
गठन भएको हो भनि जनाए | आजको सभामा
मङपू बिभागबाट शाखा सयोजिकको
भार शर्मिला तामांङ,रेसेप विभागबाट
रन्जु कार्कीलाइ चयन गरियो
भने आगमी दिनमा अन्य बिभागहरुबाट
पनि सभा राखेर सयोजिकको भार
प्रदान गर्ने सभाले निर्णय
लिइयो भने सभाको अन्त्यमा नारी
संगठन सयोजिका रेजिना गुरुङले
सबैलाई आभार व्यक्त गरे |
Post a Comment
We love to hear from you! What's on your mind?