मङपू२७डिसेम्बर: गोर्खा राष्ट्रिय कग्रेसले
लोकसभा चुनावको निम्ति निमा
लामालाई उमेद्वार उठाए पछि
हालमा उक्त पार्टीका कार्यकर्ताहरु
घर फर्क अभियान कार्यक्रम मार्फत
जनमत संग्रह गर्नको निम्ति
घर घरमा पुगी रहेका छन | यसै कार्यक्रम
मार्फत पार्टीका कार्यकर्ताहरु
हिज पहिलो दिन मानेभन्ज्याङ
तिर गए भने आज मङपूमा जनमत संग्रह
गर्न आइपुगेको जानकारी पार्टी
सयोजक सुबोद पाख्रीनले बताए | छुट्टै
राज्य साथै गोर्खाल्याण्डको
मुद्धा संम्भाव नरहेको कारण
नै गोर्खा राष्ट्रिय कंग्रेसले
सत्य र संम्भाव भएको साथै दस्तावेजमा
आधारित मुद्दा सिक्किम दार्जीलिंङ
एकीकरण मुद्दा लिएर घर फर्क
अभियान शिलशिलामा मङपूको जनता
समक्ष सचेत गराउन नै आज यहाको
स्थानीय जनताको घर घरमा पुगेको
पार्टी कार्यकर्ताहरुले जनाए | गोराकले
मतदान होइन तर जनमतको निम्ति
आफ्नो उमेद्वार चयन गरेका हुन
भनि पार्टी सयोजकले जनाउदै
यस अभियानलाई पार्टीले अज बृहत
रुपमा निरन्तरता दिने बताए |
Post a Comment
We love to hear from you! What's on your mind?