मङपु१२डिसेम्बर(केशर
मोक्तान): मोर्चाले छुट्टै राज्य
गोर्खाल्याण्डको मांग अब
दिल्ली मुखी बनाउन चाहन्छन
भने शीतकालीन सत्रको छेक
पारेर संसदमा गोर्खाल्याण्ड
मांग बारे चर्चा गर्न नै
दिल्लीमा मोर्चाले धर्ना
प्रदर्शन गर्ने भएको जानकारी
मोर्चा शिर्ष नेतृववर्गले
दिएका छन | यसरी दिल्लीमा हुने
धर्ना प्रदर्शनको निम्ति लाब्दा
मङपु समष्टिबाट पनि मोर्चा
समर्थकहरु आज दिल्ली प्रस्थान
गरेका छन | दार्जीलिंङ तराई
डुवार्स प्लान्तेशन लेबर यूनियन
सिन्कोना जोन केन्द्र समिति
सचिव एवं मोर्चा नेता गगन राईको
नेतृत्वमा ५६ जनाको टोली आज
मङपुबाट दिल्ली प्रस्थान गरेको
पार्टी सुत्रद्वारा थाहा लागेको
छ | आज दिल्ली धर्नामा जाने ती
मोर्चा समर्थकहरुलाई गोजामुमो
मङपु जोनको पक्षबाट शुभकामना
व्यक्त गर्दै पार्टी सचिव रतन
लामा अनि अन्य शिर्ष नेतृत्ववर्गले
खदार्पण गर्दै शुभकामना व्यक्त
गरे | यसरी दिल्लीमा जाने ती
मोर्चा समर्थकहरुलाई धर्ना
कार्यक्रम सफलीभूत पार्ने
अपील गर्दै क्षेत्रीय सभासद
रतन थापाले पनि अग्रिम शुभकामना
ब्यक्त गरेका छन |