युराशिया रेयुकाई समाज विकाश केन्द्र २१ औं शाखाको १३ औं भब्य मेला समारोह

Eurasia Reiyukai grand gathering ceremony
पानीघट्टा, २3 फरवरी: युराशिया रेयुकाई समाज विकाश केन्द्र २१ औं शाखाको १३ औं भब्य मेला समारोह आज वंकिमनगर स्थित मुख्य कार्यलयमा सम्पन्न भयो | राकेश प्रधान द्वारा संचालित कार्यक्रममा शिला घिसिंगद्वारा प्रार्थना गरिएपछि कार्यक्रमको शुरुवात २१ औं शाखाकी मिहाता जिम्मेवार शिबुचो देवकी राईले द्वीप प्रज्वलन गरेर गरिन | रेयुकाईमा अभ्यास गरेपछि पाएको खुशीको अनुभवको घोषणा अन्जु छेत्री र प्रशान्त भुजेलले गरे भने मार्गनिर्देशनको क्रममा २१ औं शाखा रेयुकाई प्रमुख देवकी राईले रेयुकाई २१ औं शाखाको उदेश्य पाँच लाख साधारण बोधिसत्वको उत्पादन गर्नु रहेको बताइन् | उनले सम्पूर्ण युवाहरुलाई देश बचाउनु अघि आइदिने आह्वान गर्दै पुर्खा स्मरण द्वारा देश बचाउँदै विश्व शान्ति नै रेयुकाईको उदेश्य रहेको बताइन् | एक हजार सदस्यहरुको सहमति रहेको कार्यक्रममा स्वागत भाषण कार्यक्रम संयोजक पुरन छेत्रीले राखे भने कृतज्ञता ज्ञापन दिनेश प्रधानले गरेका थिए | २१ औं शाखाको लक्ष्य र उदेश्य बारे अमित तामांगले प्रकाश पारे भने युवा र महिलाको अपिलको घोषणा क्रमैले अविनाश शर्मा र छिरिंगडोमा छेत्रीले गरे | दोश्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रमको पनि राम्रो आयोजना गरिएको थियो |


युराशिया रेयुकाई समाज विकाश केन्द्रको प्रमुख कार्यलय अघि नवनिर्मित चिल्ड्रेन पार्कको उद्घाटन शिनिबार गरियो | संस्थाका शिबुचो पुरन छेत्री र देवकी राईको संयुक्त बाहुलीबाट उक्त पार्कको उद्घाटन गरियो जुन पार्कमा नानीहरुले मनोरंजन र आनन्द लिन सक्ने विभिन्न संसाधनहरु रहेको छ | पूजा अर्चना एवं धारणी सुत्र पाठ गरि उक्त पार्कको समुद्घाटन गरिएको थियो |

युराशिया रेयुकाई समाज विकाश केन्द्र २१ औं शाखाको १३ औं भब्य मेला समारोह आज वंकिमनगर स्थित मुख्य कार्यलयमा सम्पन्न भयो |

Read latest post filed under regional news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.