Dr. Mahendra P Lama in Sitong,डा० लामा पद छोड़ेर जनताको निम्ति अघि आएका हुन् : क्रामाकपा

DDUDF chief dr. mahendra p lama
सिटोङ ,२८ मार्च (सञ्जीव छेत्री) ; Dr. Mahendra P Lama in Sitong, सोर्ह्रौ लोकसभा चुनावमा दार्जीलिङ लोकसभा संसदीय क्षेत्रबाट निर्दलीय उम्मेदवारको रुपमा आफ्नो उम्मेद्वारिता दिने घोषणा गरेका डीडीयुडीएफ प्रमुख डा महेन्द्र पी लामाको चुनावी अभियानले क्रामाकपाको समर्थनपछि अझ जोड पक्रेको देखा पर्न थालेको छ भने सो क्रममा आज डा लामाको चुनावी सभा सिटोङका केहि ठाउँहरुमा सम्पन्न भयो | आज सिटोङ तीन लोवर बडासिटोङ जनमैदानस्थित कम्युनिटी भवनमा मनबहादुर मुखियाको सभापतित्वमा सम्पन्न भएको सभामा आफ्नो कुरा राख्दै लोकसभा निर्दल उम्मेद्वार डाक्टर लामाले – अब पहाडका जनताले हिजका सबै कुरा भुलेर दुइ प्रकारको जन आन्दोलनमा लाग्नु पर्ने बताए | ती दुइमध्ये एउटा शिक्षाको आन्दोलन अनि अर्को विकास तथा अलग राज्यको मांगको आन्दोलन रहेको तिनले स्पष्ट पारेका थिए | पहाडमा व्यापक रुपमा शिक्षाको खेती गरिनु पर्नेमा जोड दिदै यहाको यावत समस्याहरुको समाधान  देशको संसदबाट गरिनु पर्ने कुरा तिनले सभामा राखे भने पहाडमा अब बन्द, काट मार, कुट्ने,खेद्ने र जनतालाई आतंकित गरिने राजनीति बन्द हुनु पर्छ भन्दै यस चोटिको लोकसभा चुनावमा सठीक उम्मेदवारलाई चयन गरी अफ्नो बहुमुल्य मत खसाल्ने आव्हान गरेका थिए | एलबी थापा समर्पणले संचालन गरेको सभामा खरसांगबाट  रमेश थापा, नरेन मोक्तान, एचपी तामाङ, बिशाल बल, लंकुका विकास थापाका अतिरिक्त स्थानीय जनसाधारणवर्गको उपस्थिति रहेको थियो |

आजको सिटोङ क्षेत्रमा सम्पन्न चुनाव प्रचार कार्यक्रमको अवधिमा उपस्थित क्रामाकपा महासचिव छेत्रीले पत्रकारहरुलाई भनेअनुसार- बाहिरबाट झिकाइएका प्रार्थीलाई गोर्खाहरुको पुर्ख्यौली थलो दार्जीलिङ लोकसभा क्षेत्रको उम्मेदवार बनाइनु गोर्खाहरुको निम्ति ठुलो दुर्भाग्य हो | क्षेत्रका मुख्य-मुख्य मुद्दा अनि समस्याहरुको समाधानको निम्ति औ भारतीय राजनीतिमा गोर्खाहरुको इज्जत राख्नुको निम्ति यहाँबाट एकजना सक्षम गोर्खालाई नै जिताएर दिल्लीको संसदमा पुर्याउन सक्नुपर्छ | हाल पहाडमा प्रायः साधारण जनतालाई लोभ, लालच, प्रलोभन र भयको उपाय अपनाएर राजनीतिक दलहरुले चुनाव प्रचार गरिरहेका छन अनि त्यस क्रममा तिनीहरुले डाक्टर महेन्द्र पी लामा जस्तो एक योग्य व्यक्तिको बिरुद्दमा पनि नचाहिदो आरोपहरु समेत लगाइरहेका छन् | गोर्खा जनमुक्ति मोर्चाले डाक्टर लामाको उम्मेद्वारिता अनि मतदाता परिचय पत्रलाई लिएर गरिएको टिप्पणीको उल्लेख गर्दै मोर्चाले राजनीति गर्ने सोच बदल्नु पर्ने कुरा छेत्रीले बताएका छन | गोर्खाहरुको भविष्य र जातीको सुरक्षा प्रतिको  इमान्दारिता यदि मोर्चामा छ भने सबै कुराहरुलाई भुलेर यस चोटि मोर्चाले पनि डाक्टर महेन्द्र पी लामालाई सघाउनु उचित अनि बुद्धिमताको कार्य हुने पनि तिनले बताए | यसका साथै –अहिलेसम्म  पहाडमा राजनीति जनताको निम्ति नभएर केवल चौकीको निम्ति मात्र भएको कुरा राख्दै डाक्टर महेन्द्र पी लामाले अफ्नो पद र करियर छोडेर जनताको निम्ति समर्पित अघि आएको छेत्रीले बताए औ लोकसभा चुनावमा लामाको जीत हुने ठोकुवा पनि तिनले गरे | डाक्टर लामाको समर्थनमा उत्तर पूर्व शेल्पूमा धर्म बीर रुम्बाको सभापतित्वमा एक चुनाव जागरुक सभा सम्पन्न गरिएको थियो भने रोलक बस्तीमा पनि सोहि प्रकारको कार्यक्रम सम्पन्न भएको विकास थापाले जानकारी गराएका
छन |

Dr. Mahendra P Lama in Sitong, सोर्ह्रौ लोकसभा चुनावमा दार्जीलिङ लोकसभा संसदीय क्षेत्रबाट निर्दलीय उम्मेदवारको रुपमा आफ्नो उम्मेद्वारिता दिने घोषणा गरेका

Read latest post filed under political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.