सिटोङ, २८ मार्च (सञ्जीव छेत्री) सिटोङ-लाटपन्चर समष्टिमा पनि क्षेत्रका मोर्चा नेतृत्व, प्रतिनिधि अनि समर्थक आगामी लोकसभा चुनावमा बीजेपी प्रार्थी एसएस अहलुवालियालाई जिताउने कसरतमा लागिपरेका छन भने मोर्चाको चुनावी सभा जारि रहेको छ | यसै क्रममा आज सिटोङ एक ग्रामपन्चायतको सेब्जे गाउँमा गोजमुमो सिटोङ एक खण्ड समिति सभापति सन्तोष गुरुङको सभापतित्वमा एक सभा सम्पन्न भएको थियो
| खण्डस्तरीय चुनावी समितिको सचिव रतन गुरुङद्वारा संचालित सभामा आफ्नो कुरा राख्दै सिटोङ लाटपन्चर समष्टि सभापति प्रमोद राईले यसपल्ट केन्द्रमा बीजेपीको नेतृत्वमा सरकार बनिने लगभग तय रहेको उल्लेख गर्दै मोर्चाले गोर्खाल्याण्डको निम्ति समर्थन गरेको उम्मेदवार अहलुवालियालाई सचेत बन्दै
भोट दिएर बिजयी तुल्याउने आव्हान गरेका थिए | यसका साथै प्रार्थी अहलुवालियाको विजय निश्चित रहेको पनि तिनले ठोकुवा गरेका थिए | अन्य दलका प्रार्थी अनि बिशेष गरि महेन्द्र पी लामा आदिको उल्लेख गर्दै निर्दलीय प्रार्थी अनि अन्य क्षेत्रीय दलका प्रार्थीले केन्द्रका प्रमुख दलका संसदले झैं सदनमा प्रभावपूर्ण तरिकाले कुरा राख्न नसक्ने पनि तिनले सभामा बताएका थिए | आफ्नो बक्तब्यमा जीपीटीओ मंग्पू सर्कल सभापति शिशिर राईले भाजपाले पहिले पनि मसिना राज्य गठन गरेर देखाइसकेको बताए भने भाजपाको उक्त नीति अनि केन्द्रको राजनीतिक स्थिति अनि समीकरण हेरेर भाजपालाई भोट दिनु आवश्यक रहेको जनाएका थिए |
आफ्नो कुरा राख्दै मोर्चा सिटोङ एक खण्ड समिति सचिव दिलकुमार राईले मोर्चा अध्यक्ष विमल गुरुङले सिटोङ क्षेत्रको निम्ति विकासको मूल फुटाइदिएका छन त्यसैले जनताले तिनको गुण बिर्सनु नहुने औ बिर्सने पनि छैनन् भनि बताएका थिए | क्षेत्रको सर्वाधिक मत मोर्चा समर्थित प्रार्थीलाई नै जाने तिनले ठोकुवा गर्दै मतदानको अपिल गरेका थिए |