मङपु२९मार्च(केशर
मोक्तान): गोजमुमो सिम्ले शाखाको आयोजनामा
स्थानीय १०नम्बर एस.एम.राईको
अध्यक्षतामा गोजमुमोको चुनावी
जनसभा सम्पन्न भयो | सभालाई सम्बोधन
गर्दै लाब्दा मङपु समष्टिका
सभासद रतन थापाले जाति उथान
र छुट्टै राज्य गोर्खाल्याण्ड
गठनको निम्ति सबै एक भएर भाजपा
प्राथी तथा गोजामुमोद्वारा
समर्थित नेता एस.एस.आहलुवालियालाई
कमलको फुलमा भोट दिएर विजय
गराउने अह्वान गरे | भारतमा बर्तमान
भारतीय जनता पार्टीका चर्चा
अनि यसको जन प्रियता बढेको
छ साथै यस बर्षको लोक सभा चुनावमा
भाजपाको सरकार आउने निशित रहेको
सभासद थापाले ठोकुवा गरे | हाम्रो
बिकाशको कार्य ढिलो भए पनि
यसलाई कुनै पर्वाह नगरी जातिको
उत्थानको निम्ति सबैले आफ्नो
धर्म निभाएर भाजपा प्राथीलाई
समर्थन गरिदिने अपील गरे | भारतीय
जनता पार्टीका चुनावी घोषणा
पत्रमा ससाना राज्यहरुको निर्माण
गरिने उल्लेखित भएको कारण
राष्ट्रको ठुला समस्य गोर्खाल्याण्डको
छिनाफाना हुनेछ | यसपाली केन्द्रमा
भाजपाको सरकार आउने प्रबल सम्भावना
रहेको कारण नै गोजमुमोले भाजपालाई
समर्थन गरेको स्पष्ट पारे | बिगतमा
हामीले पहाडबाट धेरै नै भुमिपुत्र
सांसदहरु पठायौ तर कसैले पनि
संसद भित्र छुट्टै राज्य गोर्खाल्याण्डको
अवाज बुलन्द गर्न नसकेको जनाउदै
भाजपा पुर्ब सांसद जसवन्त सिहंले
मात्र संसद भित्र अवाज बुलन्द
पारेको सभासद थापाले जनाए | यसपालीको
हाम्रो भाजपा प्राथी प्रभावशाली
र गोर्खा जातिलाई मानसम्मान
गर्ने व्यक्ति भएको कारण पनि
उनलाई दार्जीलिङ लोकसभाको
प्राथीको रुपमा खडा गरिएको
जनाए | यसरी मोर्चा अनि यसको
ट्रेड युनियन दाप्लालेयुले
सिन्कोना अनि सिन्कोनाबासीको
पुन: उद्धार गरि धेरै नै कार्य
गरेको पनि सभासद थापाले बताए | यसरी
मोर्चा मङपु जोन सचिव रतन लामा,युनियन
सचिव गगन राई,सिम्ले शाखा सचिव
अरीफ मगर अनि किरण थापाले सभालाई
सम्बोधन गर्दै भाजपा प्राथीलाई
कमलको फूलमा भोट दिएर विजय
बनाउने सबैलाई अपील गरे भन्ने
जानकारी पार्टी कार्यकर्ता
बी.के थापाले दिएका छन |