मङपु२८मार्च(केशर मोक्तान): आगामी लोकसभा चुनावलाई केन्द्र
गरि बिहीबारको दिन गोजमुमो
सिम्ले शाखाको बुथ कमिटि गठन
गरियो | पार्टीका बुजुर्ग सदश्य
बी.एम राईको अध्यक्षतामा सम्पन्न
भएको सभामा दा.त.डु.प्ला.ले.यु.
सिन्कोना जोन केन्द्रीय समिति
सचिव गगन राईले यसपाली भाजपाले
केन्द्रमा सत्ता गठन गर्ने
निश्चित रहेकोले स - साना राज्यका
पक्षधर पार्टी भाजपालाई समर्थन
गर्दै गोर्खाल्याण्ड राज्य
प्राप्तिको निम्ति उसै पार्टीका
उपाध्यक्ष एस.एस.अह्लुवालिया
दार्जीलिंङ जिल्लाका लोक सभा
प्राथी चुनेको जानकारी गराउदै
सबै सबैलाई छुटै राज्य गोर्खाल्याण्ड
प्राप्तीको निम्ति एक जुट भई
अघि आउने अपील गरे | त्यस सभामा
गोजमुमो मङपु जोन प्रतिनिधि
किशान बुडाथोकी,मिरेंन बम्जन,उर्गेन
शेर्पा,लगायत शाखा सभापति सुबास
राई,अनि पार्टी प्रतिनिधि एस.एम
राई,रबीन पाख्रीन,भीमबहादुर
आले,डी.एस.खवास,किरण थापा अनि
तुलाबहादुर मंगर उपस्थित थिए | उक्त
सभामा सिम्ले शाखा बुथ कमिटि
गठन गरियो जसको सभापति पासांग
भुटिया,सचिव सकिल सुब्बा उपसभापति
संगीता गुरुङ,सहसचिव समिर
आले,कोषध्यक्ष साबित्री घतानी
लगायत ३० जनाको कार्यकारिणी
सदश्य चयन गरियो | उक्त कमिटीले
प्रत्येक टोल टोलमा गई चुनाव
प्रचार गर्नु पर्ने जसमा पार्टीका
कार्यकर्ताहरुले सहयोग पुराउने
सभामा निर्णय लिइयो भन्ने जानकारी
गोजामुमो सिम्ले शाखा सचिव
अरीफ मंगरले जानकारी दिए |