छैटौं अनुसूची गोर्खाल्याण्ड पुग्ने रोड म्याप हो: भूपू बिधायक एन० बी० छेत्री

Former MLA N.B Chettri
मङपु२८मार्च(केशर मोक्तान): पहिले गोरामुमोको शासनमा दुई पल्ट बिधायक बनेका भूपू बिधायक एन.बी. छेत्रीले आज सात बर्ष पछि आफ्नो मौनता तोडेका छन, उनले स्थानीय रबिन्द्र भवनमा गोरामुमो मङपु लाटपन्चर भीसीपी प्रतिनिधि सभालाई सम्बोधन गर्दै छैटौं अनुसूची गोर्खाल्याण्ड पुग्ने रोडम्याप हो जसद्वारा हामी छुट्टै राज्यप्राप्तिको निम्ति गोर्खाल्याण्ड सम्म पुग्न सक्छौ, अन्य पार्टीमा गोर्खाल्याण्ड पुग्ने रोडम्याप मैले देखिन तर गोरामुमोको चै छैटौ अनुसूची रोडम्याप हो | आज भारत देशको सुरक्षा गोर्खा जातिले गर्छ तर दार्जीलिंङ पहाडी भाग अनि डुवार्समा भएको गोर्खाहरु सुरक्षित छैन | राजनीति जबरजस्ती गुण्डागर्दीले र पैसाले हुदैन,बुद्दी एवं दिमागले मात्र हुन्छ भन्दै बुद्दी र दिमागले राजनीति गर्न समय आएको बताए | भूपू बिधायक छेत्रीले अब हामी अघि आएका छौ जनता सुर्ताउनु पर्दैन भनि सबैलाई अपील गरे | तेलंगना राज्य गठन हुदा भाजपा सरकारका नेता एवं  दार्जीलिंङका भूपू भाजपा सांसद जसवन्त सिहले गोर्खाल्याण्ड राज्य गठन सन्दर्भमा किन बोल्न सकेन भनि प्रश्न राख्दै भाजपा सरकार केन्द्रमा  आएतापनि गोर्खाल्याण्ड बिषयमा भाजपाले कुरा उठाउछ भन्ने कुनै ग्यारेन्टी नभएको भूपू बिधायकले छेत्रीले जनाए | मङपु लाटपन्चर क्षेत्रका गोरामुमो, गोरनामो अनि भीसीपी प्रतिनिधिलाई लिएर आयोजन गरिएको आजको सभाको सभापति चमनसिह प्रधान थिए | सभामा लाटपन्चर क्षेत्रबाट जे.बी.राई अनि बिकाश गुरुङ,सिटोंङ एक क्षेत्रबाट रोबेन लेप्चा कालीझोड़ाबाट मिलन तामांङ, मङपु क्षेत्रबाट एन.बी.छेत्री,घनश्याम राई, के.बी.गुरुङ,कैलाश पाख्रीन,मिलेन शेर्पा,गणेश ठकुरी लगायत पाटीका अन्य प्रतिनिधि उपस्थित थिए |

पहिले गोरामुमोको शासनमा दुई पल्ट बिधायक बनेका भूपू बिधायक एन.बी. छेत्रीले आज सात बर्ष पछि आफ्नो मौनता तोडेका छन, उनले स्थानीय रबिन्द्र भवनमा गोरामुमो मङपु

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.