पहाडमा मस्ट वान्टेड नेताहरुलाई ममताले पुलिस सुरक्षा दिएर राखेको छ - बिमल गुरुङ

Bimal Gurung in mungpooआज लाब्दा मङपु समष्टि गोजामुमो द्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष बिमल गुरुङले जातिको उथान र उन्मुक्ति को निम्ति ममताको दुई दिनको माया जालमा नभुली भाजपालाई सहयोग गरेको कुरो बताउदै ममतालाई आज पनि सहयोग गरेको भए जातिको सर्बदा बेचेको हुने थियौ तर आज गोजामुमोले जातिको निम्ति उथान गर्ने भाजपा पार्टीलाई सहयोग गर्दा ममता सरकारले आफ्नो पाइलोट सम्म  खोसेको र आफ्नो ज्यान सम्म खतरा रहेको मोर्चा अध्यक्षले बताए | आज राज्यपालले ओथटेकिंङ गराएको नेताको सुरक्षा र पाइलोट सम्म खोस्नु कहाँ सम्मको अन्याय हो भन्दै आज ममताले पहाडमा मस्ट वान्टेड नेताहरुलाई भने तीन चार जना पुलिस दिएर सुरक्षा गरिरहेको आरोप लगाए | सिन्कोनाबासीलाई हेर्ने मेरो ड्युटी हो भन्दै सिन्कोना बिभाग जीटीएमा स्थान्तरण भएकोले आज यहाको सिन्कोना कारखाना संचालन गर्नको को निम्ति जीटीएबाट ५ कड़ोर रुपिया दिएको खुलासा गर्दै विपक्षी पार्टीका नेताहरुले सिन्कोना कारखानालाई संचालन गर्न १ कड़ोर रुपिया मात्र भए पनि दिएर  देखाऊ भनि गुरुङले चुनावती दिए | ममता माथि खोइरो खन्दै विमलले उनले २२ ताल पहाड चड्दा २२ वटा रिबिन काट्नु सिवाय केहि नगरेको आरोप लगाए | पहाडको शेर भन्ने सुबास घििसङले गोर्खाल्याण्ड आन्दोलन गरेको समय  गोर्खाल्याण्ड ल्याउन सकिन भने महाकाल बाबालाई शिर चड़ाछु भनेको थियो खोइ त आजसम्म गोर्खाल्याण्ड ल्याएको  भनि प्रश्न राखे | हामी गोजामुमो सेट टिम हौ र अहिलेको चुनावको छेकमा निस्किने पार्टी बरो टीम हो अनि बरो टिम क्षणिक मात्र हुन्छ भन्दै १७ अप्रेल्को दिन कमलको छापमा भोट दिएर जाति उत्थानको   निम्ति भाजपा पर्थीलाई जीताउने अपील सम्पूर्ण जनतालाई गुरुङले गरे | सुबास घिसिंङ डाड़ाको घाम हो भन्दै अहिले उमेरले ८० बर्ष पुगेर घिसिंङ  कान नसुने भएको छ र् उनलाई कोटाएर बोलाउदा मात्र सुन्ने भएकोले  घिसिंङ स्क्रीन टच रहेको  बिमलेले संज्ञा दिए  | उनले लोक सभा निर्दलीय प्राथी महेन्द्र पी लामा माथि गर्जिदै गोजामुमोले सात बर्ष सम्म आन्दोलन गर्दा लामा कहिले बोलेनन् बरु राजमार्ग ३१एमा  मोर्चा कार्यकर्ताले पथ अवरोध गर्दा हामीलाई मुद्दा हाल्ने काम लामाले गरेको आरोप बिमालले लगाए | आज २२ वटा राज्यमा मोर्चाले संगठन विस्तार गरेको छ तर सिक्किममा हाम्रो आफ्नै जातको मुख्यमन्त्री भएकोले गोजामुमोले कुनै पनि   ठुलो  राजनैतिक संगठन सिक्किममा  विस्तार नगरेको बताए | उनले भाईचुंङलाई स्वार्थको निम्ति तल झरेर काम गर्दैछ भनि आरोप लगाए |  यो पाली लोकसभा चुनावमा हारे  जातिको हार हुनेछ भन्दै जाति उत्थान  र चिन्हारिको निम्ति भाजपा प्राथी एस.एस अह्लुवलियालाई कमलको फुलको चिन्हमा बहुमत भोट दिएर विजय  गराउने सम्पूर्ण जनतालाई बिमल गुरुङले अपील गरे |

आज लाब्दा मङपु समष्टि गोजामुमो द्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष बिमल गुरुङले जातिको उथान र उन्मुक्ति को निम्ति ममताको दुई दिनको माया जालमा नभुली भाजपालाई सहयोग

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.