एस एस अहलुवालियाको मंग्पूमा चुनावी सभा

SS AHluwalia Darjeeling BJP candidate addressing public at Mungpoo
मङपु१२मार्च(केशर मोक्तान): आज गोजामुमो लाब्दा मङपु समष्टिद्वारा स्थानीय सरस्वती कन्या बिधालय जनमैदानमा आयोजित जनसभालाई  दार्जीलिंङ जिल्लाका बिजेपी लोकसभा प्राथी एस.एस.अह्लुवालियाले सम्बोधन गर्दै देशको तारकीको  निम्ति भाजपाले बिकाश पुरुष नरेन्द मोदीलाई प्रधानमन्त्री पदको उमेद्वार बनाएको छ र यहाका सम्पूर्ण गोर्खाहरुको सपना नरेन्द्र मोदी र भाजपाले पुरा गर्नेछ भन्दै गोर्खाहरु बफादार,इमान्दार र जिमेदार हुन्छ भन्दै उनले आफु संसद बने पछि यहाको जनताको इच्छा,आकांक्षा र कल्पना पुरा गर्नेछु | आज यहाको जनताको आवाजलाई  संसदमा साघुको काम गर्ने व्यक्ति चाहिएको छ र यो काम म सदन पुगे पछि गर्नेछु | उनले प्रथमत गोर्खाल्याण्ड आन्दोलनमा साथै भारत माताको रक्षा गर्दा गर्दै सहिद बन्नेहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै यहाँको मूल कुरा  सिन्कोना उध्योगलाई बचाउनु जरुरी रहेको बताए र  सीपीआईएमको पालीमा यहाको कुलैन कारखाना बन्द  गरिएको अनि टीएमसी सरकारले यसलाई बर्बाद गरेको आरोप लगाउदै विश्वको एक मात्र रहेको सिन्कोना उध्योगलाई केन्द्रमा भाजपा सरकार आउन् साथ सुचारुपले संचालन गर्नको साथै बिकाश गरेर लैजाने कुरो भाजपा प्राथीले गरे | उनले २०१४ मा लालकिल्लामा नरेन्द्र मोदीले तिरंगा झण्डा फैलाउने ठुकुवा गर्दै गोर्खाहरुको सपना भाजपा सरकारले मात्र पुरा गर्ने बताए | भाजपा प्राथी एस.एस अहलुवालियाले गोरामुमो सुप्रिमो माथि बोल्दै उनले पहिले गोर्खाल्याण्ड,दागोपाप,छैटौअनुसूची मागेको र अहिले आएर चौथो आफनै निम्ति  सुरक्षा मागेको   बताए | संसद्  भित्र कुनै फुटबल मैदान अनि गोल पोस्ट छैन भनि व्यंग कस्दै लोकसभा चुनाव कुनै  फुटबलको खेल होइन भन्दै बंगालको मुख्यमन्त्रीले  यहाको जनताको एकतालाई  अंग्रेज  सरकारले जस्तो बाड्ने कोशिष गर्दैछ | सबै भन्दा पहिला कालेबुङ महकुमा पुर्ब अधिकारी दीपक घोषले  गोर्खाहरु भारतबासी होइन भनेर  ममतालाई रिपोर्ट दिएको थियो अनि आज त्यही दीपक घोष टीएमसी को उपध्यक्ष  छ | आज गोर्खाहरुलाई कलंकित पार्ने काम दीपक घोषले गरेको आरोप लगाए | भारतको  संविधान बनाउदा गोर्खाहरुको योगदान  छ की छैन भनेर  इतिहास केलाउदा त्यस समय संविधान बनाउदा  कमिटि सदश्य अड़ीबहादुर गुरुङ रहेको र वहाँको हस्ताक्षर भारतीय संविधानमा परेको उलेख गर्दै आज भारतमा बस्ने गोर्खली कसरी बिदेशी हुनुसक्छ भनि प्रश्न राखे | आज भारतको संविधान कोर्नेहरुमा डा.राजेन्द्र प्रसाद,ज्वारलाल नेहरु,डा अम्बेडकर संगै अड़ीबहादुर गुरुङ को नाम छ भने आज ममता ले प्रमाण गरुन कि उनीहरु कसरी बिदेशी र गुशपेठी बन्यो नत्र आज  ममताले दीपक घोषलाई  जेल भित्र हालोस भनि बताए | पहिलो पल्ट माउन्टएब्रेस्टमा चड्ने तेङजिङ शेर्पालाई भारत रत्न सम्मानले सम्मनित गर्न पर्छ भन्दै यो काम भाजपा सरकारले गर्ने कुरा माथि जोड दिए | भाजपा प्राथीले इभीएम मासिनको उदहारण देखाउदै जनतालाई इभीएम मेसिनको प्रथम शीर्ष स्थानमा नै कमलको फुलको चिन्ह रहेको र त्यहि बटन दबाएर  आफुलाई भोट दिने अपील गरे | गोजामुमो मङपु जोन सचिव रतन लामाले संचालन गरेको सभामा मोर्चा अध्यक्ष बिमल गुरुङ क्षेत्रीय सभासद रतन थापा,भाजपा दार्जीलिंङ जिल्ला कमिटि नेता मनोज देवान,आसामका  किशोर उपाध्यायले सभालाई सम्बोधन गर्दै आगामी १७ अप्रेलको दिन कमलको फूलमा भोट दिएर भाजपालाई प्राथीलाई जीताउने अपील गरे|

आज गोजामुमो लाब्दा मङपु समष्टिद्वारा स्थानीय सरस्वती कन्या बिधालय जनमैदानमा आयोजित जनसभालाई दार्जीलिंङ जिल्लाका बिजेपी लोकसभा प्राथी एस.एस.अह्लुवालियाले

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.