CPIM candidate Saman Pathak LS election campaign in Mungpoo

राज्यमा बेसीभन्दा बेसी मत दिएर बामपन्थीलाई जीताउने समन पाठकको अपील 
Saman Pathak CPIM loksabha candidate
मङपु६अप्रेल(केशर मोक्तान): CPIM candidate Saman Pathak LS election campaign in Mungpoo,ममताको सरकार आएपछि मान्छेको दैनिक समस्या जटिल भएर गएको छ,मान्छेलाई प्रशासनिक दबाउ दिदै पुलिस प्रशासन लगाएर मौलिक अधिकार खोस्ने प्रयास गर्दैछ,मान्छेले कसैको निम्ति आवाज उठाए उसलाई मावोबादीको संज्ञा दिदै जेलमा पठाउछ,आज जनताले बोल्ने अधिकार हराएको छ गणतन्त्रमा मान्छे बोल्नु नपाउनु सबै भन्दा ठुलो खतरा हो त्यो खतरा आज बंगालले भोग्नु पर्दैछ | टीएमसीले राज्यमा अशान्ती र भयावह परिस्थिति सृजना गरेको आरोप लगाउदै यसपल्ट राज्यको जनताले बेसीभन्दा बेसी बामपन्थीलाई मत दिएर बिजय गराउने अपील आज सीपीआईएम लोक सभा प्राथी सुरज पाठकले मङपुको जनसभाबाट गरे | सीपीआईएम मङपु युनिटद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै १६वा  लोकसभा प्राथी समन पाठकले भाजपाले यहाको जनतालाई बाराम्बार धोका दिइरहेको आरोप लगाउदै भाजपाले फेरी गोजमुमोको हात समातेर यहा आउदै जनताको आवेग र भावनालाई लिएर राजनीति गर्ने कोशिष गरिरहेकोले जनतालाई सचेत हुने अह्वान गरे | भाजपा सम्प्रदायिक दल रहेकोले नै हाम्रो पार्टी तेस्रो मोर्चाको पक्षमा रहेको पाठकले जनाए | सीपीआईएमको चुनावी मुद्धामा संविधानको छैटौअनुसुची अर्थात् धारा २४४ संशोधन गरि दार्जीलिंङ पहाडी क्षेत्रको निम्ति बढ़ी क्षमता सम्पन्न स्वसाशित परिसद गठन गरिन पर्छ भनेका छौ | नेपालीभाषीहरुलाई भाषिक अल्पसंख्यकको स्वीकृति दिएर बिभिन्न क्षेत्रहरुमा आसन संरक्षणको ब्यावस्था गरिन पर्छ | चियाकमान,सिन्कोना बगान तथा बनबस्तीमा बसोबासो गर्ने श्रमिक र गैरश्रमिकहरुलाई घर जमीनको पट्टा प्रदान गरिनपर्छ र सिन्कोना उध्योगलाई जीर्ण अवस्थाबाट जोगाएर आधुनिकरण गरेर लैजाने पक्षमा हामी छौ भनि बताए | लोकसभा प्राथी पाठकले बामफ्रन्टको पालोमा जतिकै घाटामा हुदा पनि सिन्कोना उद्योगलाई बचाएर राख्न बामफ्रन्ट सरकार सफल भएको जनाउदै अहिलेको राज्य सरकार बामपन्थी जस्तो सरकार होइन र यो सरकारले नाफा नोकशन बाहेक जनतालाई केहि नसोच्ने आरोप समन पाठकले लगाए | सिन्कोना उद्योगलाई बचाउनको निम्ति आगामी दिनमा बामपन्थी पार्टीलाई पूर्णरुपमा शक्तिशाली बनाउनु पर्छ भनि जनाए | उनले यहा राजनैतिक दबाउ छ तर सबैभन्दा माथि मान्छेको चेतना छ र चेतनाको भोट  दिनुहोस भनि जनतालाई अपील गरे | बी.बी छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभामा माकपा नेता बुद्धकुमार मोक्तान,गोपाल गुप्त,उत्तम शर्मा,चेतन गुरुङ र तुलशी भट्टराईले सभालाई सम्बोधन गर्दै यस पल्टको १६वा लोकसभा चुनावमा सीपीआईएम पार्टीका लोकसभा प्राथी समन पाठकलाई भोट दिएर विजय गराउने अपील गरे |

Saman Pathak in Mungpoo,ममताको सरकार आएपछि मान्छेको दैनिक समस्या जटिल भएर गएको छ,मान्छेलाई प्रशासनिक दबाउ दिदै पुलिस प्रशासन लगाएर मौलिक अधिकार

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.