रेशेप साखा मोर्चाको सभा संगै सभासद थापाले गरे कमलको चिन्हमा भोटको अपिल

Sabhasad Ratan Thapa
१६ औं संसदीय चुनावको दार्जीलिंग क्षेत्रका गोजमुमो समर्थित बिजेपी उम्मेदवार एसएस अहलुवालियाको पक्षमा गोकुल रुचालको अध्यक्षतामा आज सरस्वती विधालय प्रांगन मंग्पूमा सभा सम्पन्न भयो | रेशेप शाखा गोजमुमोको तत्वधानमा भएको यस सभालाई मंग्पू लाब्दा समष्टि सभासद रतन थापाले सम्बोधन गर्दै उपस्थित रेशेपबासीलाई सचेत भइ आगमी चुनावमा बिजेपी प्रार्थीलाई आफ्नो बहुमूल्य भोट खसाल्ने आह्वान गरे | यदि यस चुनावमा गोजमुमो हारे समग्रह गोर्खा जातीको हार हुनेछ यसर्थ सम्पूर्ण गोर्खा जातीले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति बिजेपीलाई नै सहयोग गर्न पर्ने उनले बताएका छन् | यसपल्ट भारतको स - साना राज्य गठनको पक्षमा रहेको बिजेपी दल सत्तामा आउने प्राय: निश्चित रहेको हुँदा समस्त गोर्खाहरुले बिजेपी उम्मेदवार अहलुवालियालाई कमलको चिन्हमा भोट दिंदै गोर्खाल्याण्ड पन्थीको जनमत देखाउने अपिल सभासदले गरेका छन् | स्थानीय समस्याहरुलाई हामी सभासदहरुले जीटीएको माध्यमबाट समाधान गर्नेछौ  साथै दुई अडाई वर्षभित्रमा मंग्पू क्षेत्रमा धेरै नै बिकाशको कार्यहरु भइसकेको बताउँदै मंग्पूमा विगतमा धेरै ठूल - ठुला नेताहरु आए पनि जनताको निम्ति केही नगरेको र उल्टा यहाँको जनतालाई दु:ख थपेको सभासद थापाले जनाए | गोर्खा जनमुक्ति मोर्चा तथा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनले सिन्कोना मजदूरको उद्धार, स्थायीकरण तथा पदोन्नती साथै कुइलेन कारखाना पुन: संचालन गर्न सक्षम रहेको सभासद थापाले बताए | मंग्पू - लाब्दा समष्टिमा आफूले कहिल्यै निच प्रकारको राजनीति नगरेको साथै कहिल्यै नगर्ने पनि तिनले आज बताएका छन् | आफूले समष्टि भित्र सिनियर सिटिजनदेखि सम्पूर्ण जनताको इज्जत र कदर गर्दै जनताको सार्वजनिक समस्याहरु समाधान गर्दै आएको स्पष्ट पार्दै अन्तमा सम्पूर्ण उपस्थित जनतालाई छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सबैले कमलको चिन्हमा भोट हाल्ने आह्वान गरेका छन् |

१६ औं संसदीय चुनावको दार्जीलिंग क्षेत्रका गोजमुमो समर्थित बिजेपी उम्मेदवार एसएस अहलुवालियाको पक्षमा गोकुल रुचालको

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.