मङपु:१७अप्रेल(केशर
मोक्तान): रंगली रङलीयट तक्दा खण्ड
अन्तर्गत पर्ने मङपुको तीनवटा
ग्रामपन्चायतको १७वटा बुथमा
८० प्रतिसत मतदान भएको जानकारी
सेक्टर अधिकारीले दिएका छन| लाब्दा
ग्राम पन्चायतको १०७ देखि १११
बुथमा ३४८० मतदाता रहेका थिए
भने आज २७८५ मतदाताहरुले मत
खसालेको जसमा ८१.९ प्रतिसत
मतदान भएको जानकारी सेक्टर
अधिकारी एस.पी शर्माले जानकारी
दिएका छन |यस्तै गरि रोङचोङ
ग्रामपन्चायत पाचवटा ९३ देखि
९७ सम्मको ५वटा बुथबाट ३४८१
मतदाताहरु मध्ये २७२१ मतदाताहरुले
मत खसाले भने यस ग्राम पन्चायतबाट
७८.१६ प्रतिसत मतदान भएको जानकारी
सेक्टर अधिकारी के.पी शर्माले
दिएका छन अनि रेसप ग्राम पन्चायतको
७वटा बुथमा ५३५१ मतदाताहरु
मध्ये ४३५९ मतदाताहरुले
मत खसाले पछि यहाबाट ८१.९
प्रतिसत मतदान भएको जानकारी
सेक्टर अधिकारी रबिना नाम्चुले
दिएका छन | अर्को तिर रन्जुभेल्ली
सेक्टर अन्तर्गत राची प्राथामिक
पाठशालामा भएको मतदान केन्द्रमा
६५४ मतदाता रहेका थिए भने त्यहाँबाट
५५२मतदाताहरुले मत खसालेका
अनि यस्तै गरि तीनमाइल सिन्कोना
प्राथामिक पाठशालामा ५३९ मतदाताहरु
मध्ये ४१६ मतदाताहरुले मत हाले
भन्ने जानकारी त्यस बुथका सेक्टर
अधिकारीले दिएका छन् | मङपुको
तीनैवटा रेसेप,लाब्दा अनि
रोङचोङ ग्रामपन्चायत शान्तीपुर्बक
साथ मतदान सम्पन्न भएको जानकारी
मङपु पुलिस अधिकारीले दिएका
छन भने यस समाचार लेखुन्जेल
सम्म कहिँ कतै पनि अप्रिय घटना
घटेको समाचार छैन |