तृणमूललाई समर्थन गरेर घिसिङले गोर्खाल्याण्डप्रति कहिल्यै इमान्दार नरहेको प्रमाण दिए : रोशन गिरी

GJM general secretary roshan giri
सञ्जीव छेत्री | सिटोङ, ४ अप्रेल | ‘छैटौं अनुसूचीले गोर्खाहरुलाई जात-जातमा र धर्म- धर्ममा विभाजित गर्नेथियो | गोर्खा जनमुक्ति मोर्चाले उक्त जातिविरोधि खेस्राको बिरोध गर्दा राष्ट्रिय स्तरमा भारतीय जनता पार्टीले सघाएको हो | यता पनि गोरामुमो अनि सीपीआईएम बाहेक सबै राजनीतिक दल, जातीय गोष्ठी अनि संगठनले सघाएको हुनाले उक्त बिल चौधौं लोकसभा भंग हुनको साथसाथै ल्याप्स भएर गएको छ |’ – आज सिटोङ एक स्थित सिटोङ खास प्राथमिक पाठशाला मैदानमा आयोजित मोर्चाको चुनावी जनसभालाई सम्बोधन गर्दा मोर्चा केन्द्रिय समिति महासचिव एवं सिटोङ-लाटपन्चर समष्टि सभासद रोशन गिरीले आफ्नो बक्तब्यको क्रममा यसपल्टको लोकसभा चुनावमा गोरामुमोले तृणमूल कंग्रेस प्रार्थीलाई आफ्नो समर्थन जनाएको विषयमा बोल्दै गोरामुमोको मुद्धाको आलोचना गरेका थिए | गोरामुमोले जीटीए भंग गरेर दार्जीलिङ गोर्खा पार्वत्य परिषदलाई पुनः सन्चालन गरिनुपर्छ भन्ने माग उठाएको उल्लेख गर्दै तिनले दागोपापभन्दा
जीटीए हजारगुणा शक्तिशाली रहेको ठोकुवा गरे | यस सन्दर्भमा गोरामुमो प्रमुख सुबास घिसिङले तर्क गर्न चाहे तर्क गर्न मोर्चा तयार रहेको तिनले सभाबाट चुनौती दिए | गोरामुमो दल अनि गोरामुमो प्रमुखको खोइरो खन्दै तिनले गोर्खा-गोर्खामाझ युद्ध गराएको औ बाह्रसय गोर्खाहरूलाई बिनासित्तीमा सहिद तुल्याएको अनि आज आएर गोर्खाल्याण्डविरोधी दललाई समर्थन गरेर घिसिंङले आफु कहिले पनि गोर्खाल्याण्डको पक्षमा नरहेको प्रमाण दिएको गिरीले आफ्नो बक्तब्यमा बताएका थिए | दार्जीलिङ संसदीय आसनबाट यसपल्टका अर्का प्रार्थी डा० महेन्द्र पी लामाबारे बोल्दै तिनले डा लामाले सिक्किम विश्वविद्यालयको उपकुलपतिको रुपमा सिक्किमलाई यथेष्ठ योगदान दिएको भए पनि दार्जीलिङको निम्ति तिनको योगदान शुन्य रहेको बताउँदै डा लामा राष्टिय सुरक्षा परिषदका सल्लाहकार रहेको कुरा केवल स्थानीय पत्र-पत्रिकामा मात्र देखेको भन्दै कटाक्ष गरे | तिनले डा लामा राष्ट्रिय सुरक्षा सल्लाहकार जस्तो पदमा हुँदा किन यस क्षेत्रको राष्ट्रिय सुरक्षा सम्बन्धि समस्यालाई सठीक प्रकारले देशसामु पुर्याउन सकेनन जबकी सिमावर्ती क्षेत्रका कतिपय राज्यहरुलाई देशको सुरक्षाकै निम्ति राज्यको दर्जा प्रदान गरिएको देशको इतिहास रहेको छ भन्ने प्रश्न गर्दै तिनले डा लामा पनि गोर्खाहरुको भोट विभाजन गर्नमात्र अघि आएको अनि गोर्खाल्याण्डबारे तिनको स्पष्ट अडान नरहेको बताए | तृणमुल कंग्रेस प्रार्थी भाइचुङ भुटियाले यसपल्टको लोकसभा आसन जितेको खण्डमा गोर्खाल्यान्डको पुर्जोर बिरोध गर्नेछ भन्दै तिनले तृणमूल कंग्रेससंग राम्रो सम्बन्ध हुँदा हुँदै पनि केवल गोर्खाल्यान्डको निम्ति भाजपालाई समर्थन गर्नु गोजमुमोको गोर्खाल्यान्द्प्रतिको इमान्दारिता रहेको बताए |
यसअतिरिक्त भूमिपुत्र संसदको सन्दर्भमा तिनले यसअघि जितेर सांसद बनेका स्थानीय सांसदहरुको नाम उल्लेख गर्दै गोर्खाल्याण्डको आवाज कसैले पनि सांसदमा उठाउन नसकेको औ केवल मोर्चाले भाजपाको समर्थन गरेयता मात्र भाजपाका बरिष्ठ नेताहरुले सदनमा गोर्खाल्यान्डको मुद्धालाई राखेको तिनले बताए भने यसअघिको लोकसभा चुनावमा नै एसएस अहलुवालिया मोर्चाको पहिलो प्राथमिकता रहेको भए पनि तिनताक अहलुवालिया राज्यसभा सदस्य रहेका कारण त्यसपल्ट मोर्चाको प्रार्थी बन्न नसके पनि यसपल्ट प्रार्थी बनेका अहलुवालिया गोर्खाहरुको हित चिताउने उम्मेदवार रहेको सभालाई गिरीले बताए | भाजपा गोर्खाल्यान्डको पक्षमा रहेको ठोकुवा गर्दै मोर्चा महासचिव गिरीले यसपल्टको चुनाव गोर्खाल्याण्डको पक्षधर अनि विपक्षीमाझको परिक्षा रहेको बताएका थिए |

उसरी नै सभामा आफ्नो बक्तब्य राख्दै मोर्चा केन्द्रीय समिति संगठनिक सचिव अनि मंग्पू –लाब्धा समष्टि भारप्राप्त सभासद रतन थापाले हाल गोर्खाल्याण्डको मुद्धालाई मार्ने षड्यन्त्र चलिरहेको बताएका थिए भने
यसपल्टको चुनाव पनि मोर्चा समर्थित भाजपा प्रार्थी अहलुवालियाले नै जित्ने ठोकुवा गरेका थिए | हाल राज्यकी मुख्यमन्त्री, गोरामुमो प्रमुख सुबास घिसिङ, डा महेन्द्र पी लामा सबै गोर्खा जनमुक्ति मोर्चा अनि
गोर्खाल्याण्ड मुद्धाको विरुद्धमा लागिपरेको बताउँदै तिनले भने – ‘तृणमूल कंग्रेस अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा एउटै हो |’ हिज मोर्चा अध्यक्षमाथि भएको हमलाको प्रयासको उल्लेख गर्दै तिनले उक्त घटना तृणमूल कंग्रेसको सुनियोजित षड्यन्त्र रहेको बताए भने मोर्चाले त्यसको निन्दा गर्ने बताए | मोर्चा अध्यक्ष तृकंको प्रलोभनमा नपरेर गोर्खाल्याण्डको बाटो लिएका हुनाले राज्य सरकारले अनेक षड्यन्त्र रचिरहेको पनि तिनले बताए |
राज्य सरकारले सञ्चार-माध्यम, संघ संस्था, जात-गोष्ठी, राजनीतिक हस्तीहरु सबैलाई हड़प गरेर गोर्खाल्याण्ड मुद्धा मास्ने चाल चलिरहेको भए पनि गत सुकुनाको जनसभाले त्यसको जवाब दिएको थापाले बताए भने त्यो जनसमुह गोर्खाल्याण्डप्रेमिकै थियो भन्दै थापाले भने- ‘ जनसभामा ती मान्छे नेपाल र चाइनाबाट आएका होइनन |’ भीड देखेर उत्तर बङ्गल विकास मन्त्रि गौतम देव अतालिएर जीटीएको अडिट गर्ने कुरा गरेको भन्दै थापाले बजेट नै नदिएको जीटीएको अडिट गरिने उक्त कुरो हास्यास्पद बताए औ सक्छ भने दागोपापको अडिट गरेर देखाउन – तिनले अझ भने |
सिटोङ-एक खण्ड समिति गोजमुमोको आयोजनामा सम्पन्न सभालाई खण्ड समिति सभापति सन्तोष गुरुङले सभापतित्व गरेका थिए भने अरुणकुमार राईले संचालन गरेका थिए | सभामा खण्ड समिति सचिव दिलकुमार राईले स्वागत भाषण साथै सिटोङ-लाटपन्चर समष्टि कमिटि सभापति प्रमोद राई, सचिव जगत थापा, सिटोङ एक खण्ड समिति उप-सभापति डीगेल लेप्चाले पनि वक्तब्य राखेका थिए | लाटपन्चर, शेल्पू-सिटोङ, सिटोङ-एक अनि सिटोङ दुइ खण्ड समितिबाट प्रतिनिधि अनि समर्थकहरु भेला भएको सभामा वक्ताहरुले यसपल्टको लोकसभा चुनावमा केन्द्रमा बिजेपीको सरकार बनिने तय रहेको कारण गोर्खाहरुको निम्ति यो उचित समय रहेको बोध गरेर मोर्चा समर्थित भाजपा प्रार्थी एस एस अहलुवालियालाई मत खसाल्ने अपिल गरेका थिए भने वक्ताहरुले भारतीय जनता पार्टी गोर्खाहरुको हितैषी रहेको कुरा दोहोर्याएका थिए |

छैटौं अनुसूचीले गोर्खाहरुलाई जात-जातमा र धर्म- धर्ममा विभाजित गर्नेथियो | गोर्खा जनमुक्ति मोर्चाले उक्त जातिविरोधि खेस्राको बिरोध गर्दा राष्ट्रिय स्तरमा भारतीय जनता पार्टीले सघाएको हो |

Read latest post filed under political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.