हामी शान्तीमय दंगमा पहाडकोसर्वांगी बिकाश भएको हेर्न
चहान्छौ भन्ने कुरो आज एक पत्रकारकारहरुलाई
सम्बोधन गर्दै आरआर ब्लक टीएमसी
सचिव पवन बलले जनाए | पहाड़को
शासक दलले विकासलाई रोक्नु
खोज्नु लज्जास्पद कुरा हो र
विकास अवरुद्द कसैले गर्न खोजेको
खण्डमा हिल टीएमसीले आवश्यकता
अनुरुप बिरोध गर्नतयार छौ
भनि सचिवले जनाए | मुखमा राम
राम बगलीमा छुरा नीति लिएर
पहाडको विकास सम्भव छैन र पहाडको
विकास इमान्दारीपूर्वक गरेमा
नै राम्रो हुनेछ | राज्यका मुख्यमन्त्री
कालेबुङमा आएर पहाडमा बिकाश
गर्नको निम्ति खर्सांगमा नर्थबंगाल
डेभलपमेन्ट बोर्ड अफिस अनि
दार्जीलिंङमा मुख्यमन्त्री
कार्यलय बनाउने मुख्यमन्त्रीको घोषणालाई आरआर ब्लक टीएमसीले
स्वागत जनाएको छ साथै टिस्टा
नदीमा अझ थप बनिने चारवटा परियोजना
पनि एनएचपीसी द्वारा नै निर्माण
गरिने जानकारी सचिव बलले दिए | यसरी
१६ सेप्टेम्बरको दिन आरआर ब्लक
हिल टीएमसीले तक्दा खण्ड विकास
अधिकारी सित भेट गरि एमजीएनआरजीए
(सय दिने रोजगार योजना)मा हुने
सर सामानको सप्लाई टेन्डर
पनि झट्टै हुनु पर्छ भनि मांग
राखेको बताए यस बिषयमा खण्ड
बिकास अधिकारीले यस बर्ष मनरेगाको
कार्य धेर थोर नभएको कारण आगामी
बर्ष मात्र सप्लाई टेन्डर गर्ने
आस्वासन दिएको कुरो सचिव बलले
जनाए | यस बर्ष मनरेगामा काम
गर्ने व्यक्तिहरुको खाता
बिभिन्न ब्यांकबाट खोलिएको
कारण नै मनरेगा कार्य लगाउन
ढिलाई भएको साथै चाडै नै प्रत्येक
ग्रामपंचायतमा एक एक वटा मनरेगा
कार्य दिने योजना रहेको खण्ड
विकास अधिकारीले आस्वासन दिएको
कुरो पनि सचिव बलले जनाए | कुनै
पनि निकायबाट भएको विकास कार्यलाई
हामी रोक्ने छैनौ र हिलटीएमसी
पहाडको बिकाशको निम्ति अघि
आएको कुरो खण्ड सचिव बलले बताए |
शान्तीमय दंगमा पहाडको बिकाश भएको हेर्न चाहन्छ हिल तृणमुल
19Sep2014
Post a Comment