मङपु साथै साहित्य पाठक समितिको
तत्वधानमा स्थानीय रबीन्द्र
भवनमा मङपुको भुमिपुत्र डा. भोजबहादुर
गुरूङ द्वारा लिखित अनि उपमा
प्रकाशनद्वारा प्रकाशित पुस्तक
मङपु अनि टेगोरको बिमोचन आज
समारोहका विशिष्ट अतिथिहरु,
डा.जी.सी.सुब्बा, साहित्यकार
मोहनठकुरी, सुरेन्द्र थीङ, मिलन
बान्तवा लगायत अ-अन्य साहित्यकारको
बाहुलीबाट गरियो | यस्तै गरि
मोहन ठकुरी अनि उदय थुलुङद्वारा
सम्पादित साहित्यक पुस्तक
“कुलैनबारी स्रष्टा र सृजनाको
बिमोचन” पनि समारोहका प्रमुख
अतिथि डा.जी.सी सुब्बा, समसेरअली, संजय
बिष्ट लगायत अन्य उपस्थित साहित्यकारको
बाहुलीबाट गरियो | यसरी २०१३
सालमा नेपाली साहित्य अकादमी
युवा पुरुस्कारद्वारा सम्मानित
साहित्यकार सुरज धड्कनलाई
पनि मङपु साहित्यक पाठक समितिको
पक्षबाट बी.एम.राईले स्मृति
चिन्ह साथै डा.जी.सी.सुब्बाले
अभिनन्दन पत्र दिएर सम्मान
जनाए | मङपु अनि टेगोर पुस्तक
माथि बोल्दै साहित्यकार संजय
बिष्टले कुलैनबारी अनि अनि
मङपुको निम्ति यो पुस्तक धार्मिक
पुस्तक जतिकै ऐतिहासिक दस्तावेज
रहेको बताए | उनले यस पुस्तकलाई
धर्मग्रन्थको रुपमा नै मानेर
सुरक्षित स्थानमा राख्ने सबै
पाठकवर्गलाई अनुरोध गरे | यस्तै
गरि उक्त पुस्तकका लेखक डा.भोजबहादुर
गुरूङले मङपु अनि टेगोर पुस्तकमा
आफुले सत्य कुरा खोजि गरि प्रकाशनमा ल्याएको कुरो बताए साथै १९४० सालमा
मङपुमा रबीन्द्रनाथ टेगोरले
हाम्रो सिन्कोना श्रमिक दाजुभाई
संग नाचगान गर्दै जन्म जयन्ती
मनाएको कुरा पनि यस पुस्तकमा
उलेख गरिएको जनाए | साहित्यकार
उदय थुलुङले संचालन गरेको यस
समरोहमा साहित्यकार बिमल राई,टिका
भाई,मिलन बान्तवा,ज्ञानेन्द्र
खतिवडा,जोगेन दर्नाल,बिनोद
प्रधान,लेखनाथ छेत्री,प्रदीप
लोहगुण,पुस्कर सिंगर,जगत राई आदिले
कविता वाचन गरेका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?