जीटीए सिन्कोनाको जमीन विषयक सरकारी अधिसुचना जारी

Gov notice for GTA cinchona plantation areaसिन्कोना बगानबासीले अबउसो सिन्कोना प्लान्टेशन जमीन बिक्री गर्न नपाईने अधिकारिक सरकारी अधिसुचना वर्तमान सिन्कोना बगान निर्देशक डा. सामुएल राईले जारी गरेर सम्पूर्ण सिन्कोना बगान व्यवस्थापकवर्गलाई पठाएका छन | उक्त बिषयमा बगान निर्देशक सित जान्न चहादा जीटीए सिन्कोना विभागको सभा बसेर नै उक्त निर्देश जारी गरिएको निर्देशकले पत्रकारलाई फोन मार्फत बताएका छन् | सिन्कोना बगानको जमीन बाहिरका मानिसहरुले अतिक्रमण गरेको कारण नै अब उसो सिन्कोनाको जमीन बिक्री हुन् नदिन जीटीएको सभा बसेर नै यस प्रकारको नोटिस जारी गरिएको निदेशक बताएका छन् भने आगमी दिनमा कसैले सिन्कोना बगानको जमीनमा आफ्नो भान्सा घर,गाई गोठ दोकान आदि निर्माण गर्न परे सम्बन्धित अधिकारीवर्गलाई अनुमति लिनपर्ने कुरो सरकारी आदेशमा लेखिएको छ | सिन्कोना बगानको जमीन अवैध रुपमा जथाभावी बिक्री गरिएको कारण  नै सिन्कोना बगानको जग्गा जमीन बिक्री हुनबाट जोगाउन (रोक लगाउन )जीटीएले यस प्रकारको निर्णय लिएको हो भनि थाहा लागेको छ | यसका साथै सिन्कोना बगानमा निर्माण गरिएका सरकारी आवासहरु यदि कुनै व्यक्तिले  आफ्नो अधिनमा लिएका छन भने उक्त सरकारी आवस यथाशिग्र खाली गर्न पर्ने आदेश पत्रमा जारी गरिएको छ | यदि बगानको कुनैपनि सरकारी जमीन अवैध रुपमा बिक्री गरिएको थहा पाएमा विभागीय अधिकारीवर्गले पुलिसमा प्रथामिकी दर्ता गरेर आवश्यक कार्वाही गर्ने पर्ने पनि आदेश पत्रमा लेखिएको छ | यसरी नै हालैमा उक्त बिषयहरुलाई नै लिएर बगान अधिकारीवर्गको निर्देशमा सिन्कोना बगानबासीहरुको सेनसियस अथवा विस्तृत जानकारी उठाउने कार्य बगान श्रमिक कर्मचारीवर्गले गरिरहेका छन | यस सरकारी अधिसुचना बिषयमा जीटीए सभासद डा.सामुएल गुरुङ सित जान्न चहादा उनले पनि सिन्कोना बगानको जमीनहरु अवैध रुपमा जथाभावी  बिक्री भएको कारण नै सिन्कोना बगानको जमीन बचाउन जीटीएले यस प्रकारको निर्णय लिएको बताएका छन् | यहाँको सिन्कोना बगान श्रमिक कर्मचारीवर्गलाई दुख कष्ट र अन्याय होइन तर बगानको जमीन बाहिर बिक्री हुन् नदिन  नै जीटीए सिन्कोना विभागले यस प्रकारको उचित निर्णय लिएको बताए | कसैले पनि सिन्कोनको जमीन अतिक्रमण गर्छ भने सिन्कोना बिभाग त्यसको खिलाफमा हुनेछ भनि सभासद गुरुङले जनाएका छन् भने सिन्कोना निर्देशकले जारी गरिएको उक्त आदेश पत्रको प्रतिलिपि प.बङ्गाल हर्टिकल्चर विभागका मुख्य सचिव,जीटीए मुख्य सचिव,सचिव जीटीए  सिन्कोना बिभाग सभासदलाई पठाईएको छ |

सिन्कोना बगानबासीले अबउसो सिन्कोना प्लान्टेशन जमीन बिक्री गर्न नपाईने अधिकारिक सरकारी अधिसुचना वर्तमान सिन्कोना बगान निर्देशक डा. सामुएल राईले जारी गरेर सम्पूर्ण सिन्कोना बगान व्यवस्थापकवर्गलाई पठाएका छन |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.