सिन्कोना बगान कर्मचारी रिक्रुटमेन्ट कमिटि गठन

cinchona plantation labour recruitment committee
सिन्कोना उध्योग जीटीएमा आएपछि प्रथम चोटि सिन्कोना बगान कर्मचारीवर्गमा  युडीसी पदको निम्ति पद्दोनती प्रक्रिया शुरु भएको  जानकारी छ | हालमा धेरै समय पछि सिन्कोना बगान क्रमचारीवर्गको पद्दोनती  प्रक्रिया शुरु भएपछि श्रमिक कर्मचारीवर्गको नियुक्ति सम्बन्धमा  रिक्रुटमेन्ट कमिटि गठन गरेको छ | यस भन्दा अघि पनि गोजमुमोको ट्रेड युनियन “दार्जीलिंङ तराई डुवर्स प्लान्टेशन लेबर यूनियन”ले राज्य सरकारको सम्बन्धीत विभागको मन्त्री अनि सचिव सित बैठक गरेर सिन्कोना बगान श्रमिक कर्मचारी वर्गको हितमा लड़दै बगान श्रमिक कर्मचारीवर्गको नियुक्ति अनि पद्दोनती गराउन सफल भएको दाबी दतडुप्लालेयु सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राईले गरेका छन | यूनियन सचिव राईले  आज एक पत्रकार समेल्लनमा बोलदै हालैमा एक बैठक गरि सिन्कोना बगान श्रमिक क्रमचारीवर्गको नियुक्त सम्बन्धमा” रिक्रुटमेन्ट कमिटि” गठन  गरिएको बताए | यस रिक्रुटमेन्ट कमिटिले आगमी २२ डिसेम्बर २०१४ को दिन सिन्कोना बगान श्रमिककर्मचारी वर्गको नियुक्ति अनि पद्दोनती सम्बन्धमा निर्देशक  डा.सामुएल राई सित बैठक गर्ने जानकारी  कमिटिको सयोजक गगन राईले दिएका छन | बगानको परम्परागत पद्दोनतिको नियमलाई यथावत राख्दै श्रमिक देखि दफदार सम्मको नियुक्त चाडै गरिन पर्छ भनि कमिटिको माग रहेको छ | हालैमा सिन्कोना बगान निर्देशालयबाट जारी गरिएको नोटिफिकेसन यदी कोलकत्ताको निर्देशनमा जारी गरिएको हो भने अथवा सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको अहितमा छ भने कमिटीले उक्त नोटिफिकेस्नको बिरोध गर्ने भएको छ | उक्त नोटिफिकेस्न बगान श्रमिक कर्मचारीवर्गको हितमा छ वा छैन यस बिषयमा रिक्रुटमेन्ट कमिटिले  बगान निर्देशक अनि जीटए सिन्कोना बिभाग सित बैठक गरेर जान्ने सयोजक राईले जनाए | बगानमा सीधा काममा हिड़ने श्रमिकले  ८ हजार ४ सय ७०रु(८४७०) बड़पैसा झट्टै पाउनु पर्छ साथै जुलाई २०१४ देखिको बगान श्रमिककर्मचारीवर्गको रोज इनक्रिमेन्ट झट्टै सरकारले दिन  भने यस कमिटिको  मांग रहेको छ | उक्त बड़पैसा(एरीर)कोलकत्ताबाट अहिले सम्म सिन्कोना श्रमिकले नपाएकोमा  यस नवगठित रिक्रुटमेन्ट कमिटिले जीटीए चिफ अनि गोजमुमो अध्यक्ष बिमल गुरुङसित अनुमति लिएर चाडै नै उक्त बिषयलाई कोलकत्ता जाने निर्णय लिएको छ | यस नवगठित रिक्रुटमेन्ट कमिटिका सयोजक गगन राई रहेका छन भने जीटीए सभासद रतन थापा,गोपाल रुचाल,तिलकचन्द रोका,साथै मङपु रोङगो,मन्सोंग अनि लाटपन्चरबाट रतन लामा सन्तोष खवास,कैलाश शर्मा,प्रेम शेर्पा,एन.बी थापा,दिपेन शेर्पा अनि प्रमोद राई यस कमिटिमा सामेल रहेका छन | यस कमिटिको माध्यमबाट नै आगमी दिनमा सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको हितमा काम गर्ने जानकारी सयोजक गगन राईले पत्रकारहरुलाई बताए |

सिन्कोना उध्योग जीटीएमा आएपछि प्रथम चोटि सिन्कोना बगान कर्मचारीवर्गमा युडीसी पदको निम्ति पद्दोनती प्रक्रिया शुरु भएको जानकारी छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.