एनएचपीसी चालक संघले गर्यो तीन घण्टा चाबी डाउन

NHPC driver sangh key downs
टिस्टा जलबिधुत परियोजना चरण तीन एनएचपीसी कार्यालयमा कार्यरत ३८ जना चालकवर्गले एनएचपीसी अधिकारीवर्गले चालकवर्गको मांग पुरा नगरेकोमा अनि १० बर्ष देखि कार्यरत पुरानो चालकवर्गलाई निकालेर यसै अप्रेल महीना देखि नयाँ चालकवर्गलाई नियुक्त गरेकोमा एनएचपीसी चालक संघले तीन घण्टा सम्म आ आफ्नो वाहनलाइ अचल राखी चक्का जाम गर्दै एनएचपीसी अधिकारीवर्गलाई  सम्पूर्ण गाडीको चाबी सुमपिए | एनएचपीसी चालक संघले १५ मार्च २०१५ को दिननै चालकवर्गको समस्याको बिषयमा एनएचपीसी अधिकारीलाई ज्ञापन पत्र दिएता पनि आज १ अप्रेल सम्म विभागीय तौरमा कुनै पनि निष्कर्ष ननिकालिए पछि आज सम्पूर्ण चालकवर्गले आआफ्नो वाहन अचल राख्दै एनएचपीसी सेक्टर सी कार्यालय अघि  वाहनको चाबी डाउन गरे | अन्त्यमा एनएचपीसी चरण तीन मुख्य अभियन्त प्रभारी एस.अधिकारीले चालकवर्ग संघ आधा घण्टा सम्म बैठक गर्दै सम्पूर्ण समस्यको समाधन गरिदिने बचन दिए पछि चालकवर्गले आआफ्नो चाबी लिएको जानकारी चालक संघका सभापति अगम हिंङमांङले पत्रकारहरुलाई जनाए | यधपि  एनएचपीसीले चालकवर्गको समस्यलाई चाडै नै समाधान नगरे चालक संघले आगामी दिनमा अझ बृहत रुपमा आन्दोलन गर्ने भएको छ | टिस्टा जलबिधुत परियोजना चरण तीन एनएचपीसीमा नयाँ वाहन हाले पछि पुरानो गाडी संगै चालकवर्गलाई पनि निकाल्ने गरेकोले स्थानीय चालकवर्ग बेरोजगार भएको कारण ती पुरानो चालक वर्गलाई एनएचपीसीमा नै यथावत चालकको काम दिन पर्ने चालक संघको प्रथम मांग रहेको छ | एनएचपीसीमा कार्यरत चालकवर्गको भविष्य निधिकोष (जीवन बिमा) झट्टै लागु गर्न पर्ने मांग रहेको छ | प्रसासनिक भवन परिसर,सेक्टर एफ एव पावर स्टेशनमा चालकवर्गको निम्ति शौचालय अनि बिश्रामगृह हुन् पर्ने अनि सिलगडी फिल्ड होस्टलमा चालकवर्गलाई बस्नेको प्रबन्ध गरिदिन पर्ने चालक संघको मुख्य मांग रहेको छ | एनएचपीसी चालक संघ गत महीना देखि मङपु मोटर कर्मचारी चालक संगठन संघ पनि अन्तरभुक्त भएको कारण मङपु चालक संघले पनि एनएचपीसीमा कार्यरत चालकवर्गको मांगलाई झट्टै पुरा गरिदिने अपील गर्दै एनएचपीसी अधिकारीवर्गलाई  एक ज्ञापन पत्र दिइसकेको जानकारी  छ |

टिस्टा जलबिधुत परियोजना चरण तीन एनएचपीसी कार्यालयमा कार्यरत ३८ जना चालकवर्गले एनएचपीसी अधिकारीवर्गले चालकवर्गको मांग पुरा नगरेकोमा अनि १० बर्ष देखि कार्यरत पुरानो चालकवर्गलाई निकालेर

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.