लोहापूल अनि रम्बीबाट नेपालको भुकम्प पिडीतलाई राहत सामग्री वितरण

Nepal Earthquake
विनाशकारी भूकम्पको चपेटमा परेर पिडीत बनेका नेपालका काबरे पाल्चोक जिल्ला महादेव स्थानका वार्ड नम्बर ३,४,५,६,अनि ८ का जनतालाई राहत सामग्री पुराएर  लोहपुल अनि रम्बीका युवाहरु फर्की आएका जानकारी लोहापुल निवासी हरि नेउपानेले जानकारी दिएका छन | लोहपुल अनि रम्बी बजारबाट उठाइएको राहत सामग्रीलाई यहाबाट गएका १७ जना टोलीले काकरभित्तामा इट्री गराई नेपाल प्रहरी दलले उनीहरुलाई  हेटावड़ा सम्म पुराएको अनि त्यहाँ बाट पनि अर्को पुलिस दलको सहयोगमा काठमाडौं पुगी स्पोल हाईर सेकन्डरी स्कुलमा जोरपाठीका प्राचार्य राजेश राईको सहयोगमा यहाबाट गएका राहत टोलीले बास लिए | यसरी भोलीपल्ट काठमाडौं देखि ८० किलोमिटर टाडा काब्रे जिल्लामा गई आफ्नै हातले भुकम्प पिडीत परिवारलाई १५३ कार्टुन वाई वाई, ८० कार्टुन बिस्कुट,१२ बोरा मुराई,१२ बोरा चिउरा १५० पकेट ममबत्ती,औषधि  अनि लुगाफाटा बित्वरण गरिएको जानकारी हरि न्यौपाने दिएका छन | यहाबाट उठाएर लगिएको राहत सामग्रीलाई नेपाल सरकारले भन्सार काटिन्छ भन्ने उडन्ते खबरको हरि न्यौपाने खण्डन गर्दै लोहपुलबाट गएका यी टोलीलाई नेपाल प्रहरी दलले सुरक्षीत  काठमाडौं सम्म पुराएको अनि बाटामा कुनै प्रकारको कर साथै भन्सार नेपाल सरकारद्वारा तिर्न नलगाएको पनि उनले जनाए | सम्पूर्ण संघ संस्थाले दुखको यस घडीमा भुकम्प पिडीतलाई सहयोग गर्दै सजिलै सित नेपालका जिल्ला सिन्दू पाल्चोक,गोर्ख,दोलाखा,अनि काब्रेपाल्चोकमा पुगी राहत सामग्री स्थानीय  जनतालाई  बित्वरण गर्न सकिने कुरो हरिले जनाए | अहिले बर्खा झरी भएको कारण त्यस ठाउँका पिडीत जनतालाई  हालमा  तिर्पलको एकदमै अवश्यक रहेको कारण सम्पूर्ण संघ संस्थाले भारी मात्रामा तिर्पल पुराएर  दुखको यस घडीमा सहयोग गर्ने अपील पनि हरिले गरेका छन | रम्बी बजारबाट राजेन मुखिया अनि लोहापुलबाट हरि न्यौपानेको  अगुवाईमा  यी राहत सामग्री नेपालको भुकम्प पिडीतहरुलाई  प्रदान गरि फर्कि आएको थाहा लागेको छ |

विनाशकारी भूकम्पको चपेटमा परेर पिडीत बनेका नेपालका काबरे पाल्चोक जिल्ला महादेव स्थानका वार्ड नम्बर ३,४,५,६,अनि ८ का जनतालाई राहत सामग्री पुराएर लोहपुल अनि रम्बीका युवाहरु फर्की आएका जानकारी लोहापुल निवासी हरि नेउपानेले जानकारी दिएका छन |

Read latest post filed under general news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.