प .बंगाल सरकारको नियम अनुसार
१९ अप्रेल २०१५ को दिन दार्जीलिंङ
जिल्ला निरीक्षक अनि रबीन्द्र
ओपन बिधालय ( The West Bengal Council of Rabindra Open Schooling ) को अध्यक्ष साथै
सम्पूर्ण उच्चतर माध्यमिक
विधालयका प्रधानाध्यापकहरुको
उपस्थितिमा जिल्लाको प्रत्येक
क्षेत्रमा रबीन्द्र ओपन बिधालय
संचालन गर्ने प्रस्ताव पारित
गरियो| जसमा रंगली रगलीयट क्षेत्रमा
मङपु रम्बी ज्ञानपीठ उच्चतर
माध्यमिक बिधालय ( Rungbee Jnanpith Higher Secondary School ) लाई अद्ध्यान
केन्द्रको रुपमा चयन गरिएको
छ | तथापी एनसीटीई अनि सुप्रिम
कोर्टको आदेश अनुसार एस.एस.के, प्राइमेरी
रेगुलर टिचर अनि प्राइमेरी
प्यारा टिचरहरुलाई एचएस सम्म
५० प्रतिसत अंक प्राप्त गर्न
हेतु उक्त आदेशलाई पालन गर्न
अति महत्वपूर्ण रहेको छ | यसरी
नै एचएस एपियर र अन उतीर्ण हुनेहरुले
पनि यदि प्रमाण पत्र छ भने उक्त
प्रमाण पत्रको आधारमा भर्ना
लिनुपर्ने अनि एक बर्षको कोर्स
गर्न पर्नेछ | ग्रेजुएट अनि एमए
गर्नेहरुले पनि यदि एचएसमा
५० प्रतिसत अंक प्राप्त गरेको
छैन भने उनीहरुले पनि एक बर्षको
कोर्स नितान्त रुपमा गर्न पर्नेछ | यदि
माध्यमिक परीक्षा मात्र उतीर्ण
भए उनीहरुले दुई बर्षको कोर्स
गरि ५० प्रतिसत अंक प्राप्त
गर्न आवश्यक छ | उक्त सम्पूर्ण
बिषयमा जानकारीको निम्ति
मङपु रम्बी ज्ञानपीठ उच्चतर
माध्यमिक विधालयकै प्रधान
अध्यापक बीके गुरुङलाई कार्यलयमा
आएर सोझै सम्पर्क राख्ने
रङलीरङलीयट क्षेत्रका इत्छुक
शिक्षक शिक्षिकावर्गलाई अपील
गरेका छन |
Post a Comment
We love to hear from you! What's on your mind?