सरस्वती कन्या विधालय जलमग्न, छात्राहरु जुत्ता हातमा लिएर बिधालय पस्न बाध्य

Saraswati Higher Secondar School Girls Section
मङपु१८जुन(केशर मोक्तान): मङपुको सबै भन्दा पुरानो विधालय सरस्वती उच्चत्तर माध्यमिक बिधालयमा बिधार्थीहरु थुप्रै संख्यामा भएपछि सन  १९८५ सालमा मङपु सरस्वती कन्या उच्च माध्यमिक बिधालय (Saraswati Higher Secondar School Girls Section) को स्थापना मङपु जनमैदान नजिक गरिएको  थाहा लागेको छ | यसरी  १९८५ साल देखि स्थापना भएको यस सरस्वती कन्या उच्च माध्यमिक विधालयमा ५ औ देखि आठौं श्रेणीसम्मका बिधार्थीहरु अध्यनरत छन | आज बिधालय स्थापना भएको ३० बर्ष बितिसक्दा सक्दा पनि बिधालयको समस्या भने यथावत रहनुको साथै बिधालय भवन जीर्ण अवस्थामा पुगेको छ | बिशेष: हिज एकै रात परेको मुसुलधारे पानीले बिधालय भवन अघि जलमग्न भएपछि बिधालय भवन पोखरीमा परिणत भएको छ | जसको फलस्वरूप यस बिधालयमा अध्यनरत छात्राहरु आफुले लगाएको जुत्ता खोलेर हातमा बोकी बिधालयमा प्रवेश गर्न बाध्य बनेका छन फलत वर्षा  यामको समय बिधालय वरीपरी जलमग्न रहेकोले एसेम्बली सम्म नानीहरुले गर्न पाउदैनन | धेरै साल देखि बिधार्थीहरुले भोगिरहेका उक्त समस्या  बिषयमा बिधालय संचालन समितिले थुप्रै चोटी सम्बन्धीत बिभागलाई आवेदन चडाएता पनि अहिले सम्म उक्त बिषयमा कहिँबाट पनि पहल नभएको गुनासो प्राप्त भएको छ | बिधालय संचालन समितिले  सरस्वती कन्या बिधालयलाई अन्यत्र ठाउमा सारेर नयाँ भवन निर्माण गरिदिने आवेदन सम्बन्धीत बिभाग अनि सिन्कोना बगान  निर्देशकलाई गरेता पनि अहिले सम्म उक्त बिषयमा कहिँबाट पनि पहल नभएको जानकारी बिधालयका शिक्षिका चन्द्रकला राईले दिएका छन | उक्त समस्या  बिषयमा औगत गराउदै बिधालय संचालन समितिले जीटीए शिक्षा बिभाग सभासद रोशन गिरीलाई भेट गरि गत बर्ष नै ज्ञापन पत्र चड़ाएको थियो भने  सभासदले चाडै नै उक्त बिषयमा पहल गर्ने सुझाव दिएता पनि अहिले सम्म समस्या भने यथावत नै रहेको छ | अर्कोतिर विधालयलाई स्थान्तरण गर्नको निम्ति बिधालय सन्चालन समितिले सिन्कोना बगान निर्देशक डा.सामुएल राईलाई भेट गरि उक्त समस्याको बिषयमा औगत गराउदै एक ज्ञापन सम्म दिएको जानकारी सरस्वती उच्चतर माध्यमिक विधालयका प्राध्यपिका देविका मोक्तानले बताएका छन | हाल सरस्वती कन्या उच्च माध्यमिक विधालयमा बिधार्थीवर्गको अर्धवार्षिक परीक्षा चलिरहेको समयमा पनि छात्राहरु हातमा जुता बोकेर नै परीक्षा भवन भित्र अर्थात श्रेणी कोठामा प्रबेश गर्न बाध्य छन | बिधालय भवन वरिपरि पानी जमेर पोखरी भएको कारण  सौचालय सम्म जान पनि बिधार्थी अनि स्कुलका शिक्षिका सकिरहेका छैनन | अर्कोतिर बिधालय भवन जीर्ण भएको कारण बिधार्थीहरुले थुप्रै समस्या  झेल्न परिरहेको छ | बिधालय भवनको अवस्था पक्का नभएकोले गत बर्ष पनि बिधालयबाट वालघडी,टेबल क्लोथ, साथै चेयर अनि अन्य थुप्रै सरसमान हराएको जनाकारी  बिधालयको प्राध्यपिका चन्द्रकला राईले दिएका छन | बिशेष: बिधार्थीहरु पानी झरीमा भिजेर खाली खुट्टा बिधालय भवन भित्र प्रवेश गरि शिक्षा आर्जन गर्दा थुप्रै प्रकारको रोगहरु सम्म लाग्ने सम्भावना देखा परेको कारण सम्बन्धीत बिभागले यस बिषयमा ध्यान दिन नितान्त आवश्यक रहेको छ | बिधालयका बिधार्थीवर्गले भोगिरहेको समस्यलाई झट्ट भन्दा झट्ट ध्यान दिएर  मङपु सरस्वती कन्या उच्च माध्यमिक बिधालयलाई  अन्यत्र ठाउँमा स्थान्तरण गरेर पक्का भवन निर्माण गरिदिने बिधालय संचालन समितिले सम्बन्धीत विभागलाई अपील गरेका छन | यस विध्यलयमा प्रायजसो नै सिन्कोनाबगान श्रमिकको नानीहरु अध्यनरत गर्ने भएको कारण सिन्कोना  विभागले पनि यस बिषयमा गम्भीरतापुर्बक ध्यान दिएर चाडै नै समस्यको समधान गरिदिने बिध्यलय परिवारले अपील गरेका छन | बिधालय एक शिक्षक आर्जन गर्ने मन्दिर भएकोले विभिन्न पार्टीका नेतागणले पनि राजनैतिक हिलो मात्र नछेपेर पानीको दल दलमा  फसेर शिक्षा आर्जन गरिरहेको विधार्थीवर्गको भविश्य माथि पनि ध्यान दिन आवश्यक रहेको स्थानीय जनताको भनाई छ | जीर्ण अवस्थामा रहेको यस विधालयलाई सम्बन्धीत बिभागले चाडो भन्दा चाडो ध्यान दिएर समस्यको समधान गर्नु नितान्त अवश्यक रहेको छ |

मङपुको सबै भन्दा पुरानो विधालय सरस्वती उच्चत्तर माध्यमिक बिधालयमा बिधार्थीहरु थुप्रै संख्यामा भएपछि सन १९८५ सालमा मङपु सरस्वती कन्या उच्च माध्यमिक बिधालय (Saraswati Higher Secondar School Girls Section) को स्थापना मङपु जनमैदान नजिक गरिएको थाहा लागेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.