लाब्दा अनि रेशेप शाखाका टीएमसी समर्थकहरु मोर्चामा
सामेल, लाब्दा मंग्पू समष्टि सभासद रतन थापाले मोर्चामा सामेल हुन आउने
टीएमसी समर्थकहरुलाई गोर्खा जनमुक्ति मोर्चाको झण्डा दिंदै हार्दिक स्वागत
जनाएका छन् भने अझ मोर्चामा सामेल हुन चाहने अन्य समर्थकहरुलाई पनि
निर्धक्क आउने अपिल गरेका छन् |
आज स्थानीय रोई बंगलोमा लाब्दा गोजमुमो शाखाको आयोजनमा पार्टीको एक संगठनिक सभा शाखाकै सभापति देवेन्द्र राईको अध्यक्षतामा सम्पन्न भयो | गोजामुमो लाब्दा शाखा सचिव दिपेन योन्जनले संचालन गरेको सभामा लाब्दा मङपु समष्टि सभासद रतन थापा उपस्थित थिए | सभासद रतन थापाले आफ्नो बक्तब्यमा मान्छे स्वतन्त्र रहने अनि आफ्नो बिचारमा चल्ने प्राणी हुनाले उनीहरु विचारेर पुन मोर्चामा फर्कि आएको बताए | जाति र अस्तित्व चिनारीको निम्ति मोर्चाको हरेक कार्यकर्ताहरुले खटिरहेको बताउदै वर्तमान परिस्थित थोरै अप्ठ्यारो भएको तर आफु तथा पार्टी अध्यक्ष बिमल गुरुङ निर्दोष रहेको बताउदै पहाडलाई राम्रो नजरले नहेर्ने हाई प्रोफाईल व्यक्तिहरुको षडयन्त्रले पहाडको यो परिस्थिति आएको सभासद थापाले आरोप लगाए | सीबीआईले बुजाएको चार्जसिटमा सत्यता नरेकोले कोलकोत्ता उच्च अदालतले एरेस्ट वारेन्ट रोकेको बताउदै १ जुलाई सम्म स्टे अडरमा राखेको बताए | तर गोजमुमोको विजय अवश्य हुने बताउदै अन्त्यमा जातीय मुद्दा र अस्तित्वको निम्ति लडाई जारी रहेको सभासद थापाले सभामा जनाए | सभमा दातडुप्लालेयु सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राइले आफ्नो दुई शब्दमा टीएमसीबाट आज गोजामुमोमा फर्कि आउने सदश्यहरुलाई स्वागत जनाए | गोजामुमो लाब्दा शाखाले शुरु गरेको घर फर्काउने अभियानलाई सरहाना गरे | यसै सभामा समष्टि सभासद रतन थापाले टीएमसी पार्टीबाट आज गोजामुमोमा पुन:फर्किने २० जनाको परिवारलाई स्वागत जनाउदै उनीहरुलाई मोर्चाको झण्डा प्रदान गरे | आज लाब्दा टीएमसी शाखाका सभापति बिरेन तामांङ लगायत अन्य २० परिवार मोर्चामा सामेल भएको जानकारी एक बिज्ञप्ती मार्फत गोजामुमो लाब्दा शाखा सचिव दिपेन योन्जनले दिएका छन |
Post a Comment