केशर मोक्तान: हिज राती ११.१५ बजे अचानक हावा पानी आएर यहाँको रन्जुभेल्लीमा घरको बिजुलीको मिटरमा चट्याङ हानेपछि दुईवटा घर जलेर खरानी भएको छ | स्थानीय मङपु रन्जुभेल्ली निवासी दिपेन्द्र छेत्री अनि सुवास गुरुङको घर जलेर खरानी भएको समाचार प्राप्त भएको छ | गाउँलेहरुको सहायतामा आगोलाई नियन्त्रणमा ल्याउन नसकेको भए अझ धेरैवटा घर आगोको चपेटमा पर्ने थियो भनि गाउँलेहरुको भनाई छ | बिजुलीको करेन्ट लागेर ५५ बर्षीय महिला बिनु छेत्री घाइते बनेको कारण उनलाई दार्जीलिंङ आस्पतालमा उपचारको निम्ति लागिएको छ | दिपेन्द्र छेत्री अनि सुवास गुरुङ दुई जनाको नै दुई तल्ले काठको घर जलेर खरानी बनेको कारण लगभग ५४ लाख रुपियाँको क्षति भएको अग्नीपीडित परिवारले जनाएको छ | सुवास गुरुङको घरमा दुई जना स्थानीय बासिन्दा सबिता गुरुङको पान दोकान अनि थिरन परिवारको टेलर दोकान रहेको कारण उक्त घर संगै दुई जनाको दोकान पनि जलेर खरानी बनेको छ | सबिता गुरुङ अनि थिरन परिवारको दोकानमा दुई-दुई लाख सम्मको सर - समान जलेर खरानी भएको र राती उक्त घटना घटेको कारण केहि पनि सरसमान दोकानबाट निकाल्न नसकिएको दोकानदारहरुले बताएको छ | अग्नी पीडित परिवारलाई सान्तवना दिन अनि राहत कोष प्रदान गर्न आज तक्दा खण्ड बिभागका जोईन बीडीओ नरेशचन्द्र रोई अनि लाब्दा ग्राम पंचायत सचिव के.पी शर्मा घटना स्थालमा पुगी पीडित दुई परिवार दिपेन्द्र छेत्री अनि सुवास गुरुङलाई ३—३ वटा तारपोलिन,१-१ हजार नगद राशी,पेन्ट दुई,शर्ट ४, वूलन ब्लान्केट ४, स्वेटर १, साल २, लुंगी ६, साडी 2, धोती अनि ८ पकेड चामल प्रदान गरियो | अग्नीपीडित परिवारलाई सान्तवना प्रदान गर्न जीटीए मनोनित सभासद मिलन डुक्पा अनि टीएमसीका अन्य नेतृत्वहरु आज १२ बजेतिर रन्जुभेल्ली आई पुगेर पीडित परिवारलाई क्षतिपूर्तिको निम्ति सहयोग गर्ने बचन दिदै मनोनित सभासदले आईताबार भित्रमा अग्नी पीडित परिवारलाई के कति क्षति भएको छ उक्त बिवारण आफुलाई बुझाउने अनि यस बिषयमा उनले जिल्लापाललाई तत्काल पुर्नबासको निम्ति अपील गर्ने तथा आफु स्वयम कोलकोत्ता गएर राज्यका मुख्यमन्त्रीलाई घटनाबारे जानकारी गराउदै अग्नीपीडित परिवारलाई झट्टै पुर्नबासको निम्ति सहयोग मांगने पीडित परिवारलाई आसवशन दिए | घटना स्थलमा दार्जीलिंङ पुलिस सीआई टी.टी भुटिया,रङली रङलीयट थाना प्रभारी एन.एस.कुजुर अनि मङपु पीपी पुलिस प्रभारी एम हुससेन उपस्थित थिए |

Post a Comment
We love to hear from you! What's on your mind?