सोमबारको दिन मङपु सिन्कोना बगान व्यवस्थापक एनके बराईलीले मङपुका सम्पुर्ण चालक संघ,ब्यापारी संघ,विभिन्न पार्टीका युनियन प्रतिनिधिगण,मङपु प्रहरी विभाग अनि समाजिक संघ संस्थालाई लिएर स्थानीय सिन्कोना बगान बिश्राम गृहमा एक सभाको आयोजन गरि नालीडाड़ा क्षेत्रमा एकदमै ज्यादा भीड़ रहने भएको हुनाले यस क्षेत्रलाई पार्किंङ निषेध क्षेत्र बनाउने बिषयमा चर्चा गरियो | मङपु नालीडाड़ा परिसरमा दिनोदिन बढ्दै गईरहेको अव्यवस्थित यानवाहनको पार्किंङ समस्याले बिधार्थीवर्ग,सरकारी कर्मचारीवर्ग,भीआईपी वाहनहरु अनि सिकिस्त बिरामीहरु जामको समस्यमा परेको हुनाले उक्त जामको समस्यलाई मध्य नजर राख्दै आगमी ३ अगष्ट २०१५ देखि मङपु बस स्ट्यान्डबाट मङपुका सम्पुर्ण वाहनहरु चालुगर्ने सभाले निर्णय लिईयो | मङपु देखि जोगीघाट,त्रिसुले फाटक,सिरेल जाने यानको वाहन उक्त क्षेत्रको मुख्य बाटोमा एक-एक वटा पार्किंङ गरेर राख्ने र त्यस यानवाहनको प्रस्थान भएपछि मात्र दोस्रो गाडीलाई त्यस स्थानमा आउन सक्ने, नालीडाड़ा क्षेत्रलाई पार्किंङ निषेध क्षेत्र भनि बोर्ड लेखि टास्ने र प्रत्येक क्षेत्रबाट प्रस्थान गर्ने यानवहानको अघिलो भाग (बोनेट)मा “पहिलो पल्ट” को बोर्ड यात्रीहरुको सुबिधा एवं चन्हित गर्नको निम्ति झुण्डाउने निर्णय लिईयो | यसको साथै अब उप्रान्त मुलसडकमा कुनै पनि यानवाहनले बाटो ओगोटेर मालसमानहरु उतार्नु नपाउँने र यसो गरेमा त्यस वहानको बिरुद्दमा कानुनी कार्यवाही गर्ने सभामा प्रस्ताव पारित गरियो | अन्त्यमा सम्पुर्ण समाजिक संघ संस्था,राजनैतिक दलहरु,पुलिस प्रशासन,खण्ड बिकाश अधिकारी,आरटीओं दार्जीलिंङ आदिलाई सभाको प्रस्तावना प्रेषित गर्ने निर्णय लिदै उपस्थित सम्पूर्ण जन प्रतिनिधलाई यस समाजिक शुभकार्यको शुभाराम्भ गर्नलाई महत सहयोग गरि सुझावहरु राखिदिएकोमा व्यवस्थापाक कार्यालय अधिनस्त कर्मचारी रूद्रप्रसाद छेत्रीले सबैलाई आभार व्यक्त गरेका छन | सभामा गोजामुमो मङपु जोन सचिव रतन लामा,दातडुप्लाले युनियन प्रतिनिधिहरु गगन राई,किशान बुडाथोकी,बिशोर कार्की,मिरेन बम्जन, दासिप्लालेयु प्रतिनिधि किरण ब्लोन, निलकुमार थापा अनि संजय थापा,हिप्लावायु प्रतिनिधि दिलीपराई साथै नालीडाड़ा ब्यापारी संगठन सचिव बुद्दकुमार थापा, मङपु मोटर कर्मचारी चालक संगठन प्रतिनिधि सरोज छेत्री,फाटक चालक संगठन प्रतिनिधि अल्बर्ट तामांङ, मङपु पीपी एएसआई कृष्णप्रसाद तामांङ सिन्कोना बगान व्यवस्थापक एन.के बराईली अनि स्थानीय समाज अनि संघसंस्था प्रतिनिधिहरु उपस्थित थिए |

Post a Comment
We love to hear from you! What's on your mind?