मङपु४जुलाई(केशर मोक्तान): मंगलबार देखि बन्द भएको राजमार्ग
१० सिमा सकड़ संगठनले(ग्रेफ)ले
लगातार रुपमा ज्यानको पर्वाह
नगरी ४८ घण्टा काम गरेर शनिबार
बिहान ११.३० बजे खोल्न सफल
भएता पनि सेतीपुल नजिक माथिबाट
पैह्रो झरेर चार घण्टा नबित्दै
फेरी राजमार्ग १० पुन बन्द
हुन पुग्यो | यदपी चार घण्टा
भित्रमा ८ सय भन्दा अधिक वाहनहरु
यस राजमार्गबाट गुड्न सफल भएको
जानकारी सिमा सडक संगठनका
अधिकारी वर्गले जनाएका छन | सेतीझोड़ामा
बारम्बार पानी परिरहेको कारण
नै माथिबाट पैह्रो झरेर राजमार्ग
१० पुन बन्द हुन पुगेको जानकारी
गराउदै आज रात भरि सडकलाई सफाई
गर्ने कार्यलाई जारी रखेरे
भए पनि आईतबार भित्र राजमार्ग
खोल्ने सक्दो प्रयास रहेको
ग्रेफ अधिकारीले जनाए | शनिबार
रातभर वर्षात नभएमा भोली आइतबार
भित्रमा राजमार्ग १० खोल्ने
सक्दो प्रयास रहेको जानकारी
सिमा सडक संगठन(ग्रेफ)का अधिकारीले दिएको छ |
पाँच दिन
पछि राजमार्ग खोलियो भनेर
हतार हतार सिक्किम अनि कालेबुङका
वाहनहरु सिलगडी तर्फ झरेता
पनि अचानक राजमार्ग १० सेतीझोड़ामा
पैह्रो झरेर बन्द भए पछि वाहनहरु
रम्बी देखि मङपु तीनमाईल,खरसंग
अनि रोहिणी हुदै सिलगडी तर्फ
आवत जावत गरिएको देखियो | आज राजमार्ग
१० खोलिन साथ ट्राफिक व्यवस्थालाई
सुधार्नको निम्ति हाईवेमा
रम्बी पुलिस दलले आफ्नो कार्यभार
सम्हाल्दै सबै चालक वर्गलाई
एक लस्करमा गाडी चलाएर ट्राफिक
खुल्ला गरिदिने अपील गरिएको
देखियो | अर्कोतिर लगाताररुपमा
पानी परेको कारण छाताको ठाउँमा
टाउकोमा कुर्सि ओडेर भए पनि
सिमा सडक संगठनका कर्मचारीले
राजमार्ग खोलाउन कार्य गरेको
देखियो |


Post a Comment
We love to hear from you! What's on your mind?