आज लोहापुल सुन्तले ग्राम
सुधार समितिको २५वा बर्ष सिल्बर
जुब्ली कार्यक्रम भब्य रुपमा
आयोजन गरियो | दलबहादुर गुरुङको
अध्यक्षतामा संचालन गरिएको
सभामा समाज निर्माण गर्ने अग्रसर
व्यक्तित्व दुई लियो राई अनि
एन.एस मिश्रलाई समतिको पक्षबाट
अभिनन्दन पत्र प्रदान गरियो | ग्राम
जनता द्वरा हाल नबिन ग्राम
सुधार समितिका सभापति डी.बी.
गुरुङलाई पनि अभिनन्दन पत्र
हस्तान्तरण गरियो | यसरी नै पुर्ब
कमिटि सदस्य जलिना छेत्री अनि
चन्द्रमाया तामाङ लगायत अन्य
बयोबृद्ध समाजसेवी व्यक्तित्वलाई
पनि समाजको पक्षबाट सम्मान
जनाईयो | उक्त समारोहमा नृत्य
गर्ने कलाकरवर्गलाई प्रमाण
पत्र प्रदान गरियो | आजको कार्यक्रममा
कुइज कम्पिटिशन पनि आयोजन गरियो
जसमा बिजेता नानीहरुलाई अजित
छेत्री अनि रामकुमार मिश्रको
बाहुलीबाट प्रमाणपत्र बितरण
गरियो | समारोहका प्रमुख अतिथि
रम्बी रयाङ पीपी प्रभारी सुजीत
लामा अनि बिशिष्ट अतिथि लियो
राईले आ - आफ्नो सारगर्भित बक्तब्य
राखे भने समाजका सभापति दलबहादुर
गुरुङद्वरा अहिलेसम्म यस समाजमा
योगदान पुराउने व्यक्तिहरुलाई
आभार व्यक्त गरे | कार्यक्रमको
अन्त्यमा गाउँका मेधावी बिधार्थीवर्गलाई
पनि समाजको पक्षबाट सम्मान
जनाइयो | आजको सिल्बरजुब्ली
कार्यक्रममा रोङचोङ ग्राम
सुधार समितिका मिलनछिरिंङ
लेप्चा अनि लेयाम्पस्ट्याण्ड
नर्सरी स्कुलका प्राचार्य
प्रकाश लेप्चा पनि उपस्थित
थिए भन्ने जानकारी एक बिज्ञप्ती
मार्फत कल्याण राईले दिएका
छन |
Post a Comment
We love to hear from you! What's on your mind?