जीटीए बन विभागका कार्यकारिणी
सभासद एवं क्षेत्रीय सभासद
रतन थापा, दार्जीलिङ तराई डुवर्स
प्लान्टेशन लेबर युनियन सिन्कोना
जोन केन्द्रीय समिति दाधिकारीवर्ग
अनि जनमुक्ति कर्मचारी संगठनका दाधिकारीवर्ग एवं पेंसनर्स
एसोसिएशनका पदाधिकारीवर्गको
सयुक्त सयोजनमा सिन्कोना बगान
निर्देशक डा.सामुएल राईलाई भेटे | यस भेटर्वार्ता
कार्यक्रममा सिन्कोना बगान
व्यवस्थापक एन.के बराईली अनि
हेडक्वाटर व्यवस्थापक बिदुर
कार्की पनि उपस्थित थिए | बैठकमा मोर्चा भातृसंगठनको
पक्षमा निम्न बुदाहरु माथि
प्रस्तावहरु राखियो जसमा दश
बर्ष सम्म कार्यकाल नपुग्ने
भूतपूर्व/बर्तमान कर्मचारीवर्गको
स्टाफ पेन्सन पहिला झैँ पुनः
लागु गरि सक्नु पर्नेछ | २००७ साल
सम्म औकाश ग्रहण गरेका कर्मचारीवर्गका
परिवारले प्राप्त गरेको अस्थायी
श्रमिकलाई स्थायी गरिन पर्छ | २००८साल
देखि हालसम्म औकाश ग्रहण गरेका
कर्मचारीवर्गका परिवारलाई
पनि अन्य कर्मचारी सरह अस्थायी
श्रमिक उपलब्ध गराउन पर्नेछ | थातीमा
रहेको पद्दोनती/नियुक्ति प्रक्रियालाई
झट्ट शुरु गरिन पर्ने प्रस्तावहरु आज निर्देशक समक्ष राखियो | उक्त
मोर्चाका पदधिकारी एवं भातृसंगठनद्वरा अन्तरवार्तामा राखिएको
प्रस्तावनाहरु माथि लामो
बहस एवं चर्चा परिचर्चा पछि
सिन्कोना व्यवस्थापन एव निर्देशलयद्वारा
२०१६ सालको जनवरीको अन्तिम
सप्ताह एवं आगामी फरवरी २०१६को
प्रथम सप्ताहमा उक्त सबै बिषयहरुलाई
कार्यन्वयन गरिने चुडान्त
निर्णय लिईयो | आजको सभामा दातडुप्लालेयु
सिन्कोना जोन केन्द्रीय समिति
सचिव गगन राई, मङपु जोन युनियन
सभापति किशान बुढ़ाथोकी,सचिव
सुरेन राई अनि मोर्चा मङपु
जोन सचिव रतन लामा सभापति प्रदीप
छेत्री जकस मङपु जोन सभापति
चन्द्रप्रकाश शर्मा,सचिव प्रेम
शेर्पा,एनके जैसी,पासाङ तामाङ
,अनि पेनसनर्स एसोसिएसनका बयोवृद्ध
पदधिकारीवर्ग डी.एस.लोहार,एस.बी
गुरुङ,डी.कुमार परियार तथा
युवा मोर्चा मङपु जोन सभापति
बिज्ञान मिश्र अनि सचिव बिकाश
गुरुङ लगायत संगठनका अन्य कार्यकर्ता
उपस्थित थिए भन्ने जानकारी
एक बिज्ञप्ती मार्फत जकस मङपु
जोन सहसचिव बिष्णु खरेलले
एक बिज्ञप्ती मार्फत दिएका
छन |
विविध मागहरु लिएर मोर्चा भातृसंगठनले सिन्कोना निर्देशकलाई भेटे
26Jan2016
Post a Comment