चित्रकार एवं कार्टुनिस्ट बिलाश राई अब रहेन

LATE BILASH BIMA RAI
एक समय नेपाली दैनिक समाचार पत्रिका सुनचरीमा छड्के व्यग्य बनाउने  एक प्रतिष्ठित कार्टुनिस्ट अनि नेपालको मासिक पत्रिका हिमालका कार्टुनिस्ट मङपु रङबी बीचकमान निवासी एक सफल चित्रकार बिलाश ”बिमा” राई (Bilash Bima Rai) को आज निधन भएको छ | उनीलाई  पेटको रोगले गत केहि दिन देखि कालेबुङ अस्पतालमा उपचार चलिरहेको थियो भने कालेबुङ अस्पतालमा आज दिउसो १ बजे उनको निधन भयो  | एक सफल चित्रकार बिलाश “बिमा” राईको निधनले समग्र नेपाली साहित्यमा ठुलो क्षति पुगेको छ भने उनको निधनमा समग्र मङपुबासी स्तब्द बनेको छ | उनको निधनमा मङपु प्रेस क्लबले गहिरो शोक सम्वेदना प्रकट गर्दै दुःखको यस घड़ीमा स्व राईको परिवारलाई ईश्वरले सहन शक्ति प्रदान गरुन भनि प्राथना गरियो | उनले आफ्नो मृत्युपछि आमा आरती राई ,पत्नी नर्मा राई, दाजु सुबाष राई, भाई रबि राई अनि एक छोरी अबिरा राईलाई यस संसारमा छोडी गएका छन भने उनको पार्थिव शरीर भोली दिँउसो निज बासस्थानबाट निकालिने जानकारी परिवार सुत्रले दिएका छ ||

एक समय नेपाली दैनिक समाचार पत्रिका सुनचरीमा छड्के व्यग्य बनाउने एक प्रतिष्ठित कार्टुनिस्ट अनि नेपालको मासिक पत्रिका हिमालका कार्टुनिस्ट मङपु रङबी बीचकमान निवासी एक सफल चित्रकार बिलाश ”बिमा” राई (Bilash Bima Rai) को आज निधन भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.