मङपू विभाग दातडुप्लालेयुको सभा सम्पन्न

cinchona bark
दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन (दातडुप्लालेयु) मङपू विभाग शाखाको स्थानीय गन्ती घरमा शाखा सभापति बुद्ध कुमार थापाको अध्यक्षतामा एउटा सभा सम्पन्न भएको छ | मोर्चा लाब्दा मङपू समष्टि उपसभापति लिला बहादुर छेत्रीले संचालन गरेको सभामा बिशेष गरेर कुइलेन बगानमा कार्यरत श्रमिकहरुको पदोन्नति अनि बगानमा हेल्परको रुपमा रहेको श्रमिकहरुको समस्याहरुको समाधान बारे चर्चा भएको थियो |  सम्बोधनको क्रममा युनियन सभापति बुद्ध कुमार थापाले गोजमुमो पार्टी अनि यसको युनियनले सदैव बगान श्रमिकहरुको हितमा आवाज उठाउंदै आएको अनि समाधान पनि गरेको बताउंदै आजको श्रमिकहरुले बगान प्रति दिएको योगदानको निश्चय नै मुल्यांकन हुने सबैलाई अव्गात गराए | यसरी पार्टी अनि युनियनको प्रयासमा २००७ अघिको अनि बर्तमान बगान अनि बगानबासीलाई हेरेर पनि कति सुधार ल्याएको हो सो बुझ्न सक्ने बताए भने यी सुधारलाई कसैले पनि नकार्न नसक्ने  बताएका छन् | श्रमिकहरुको पदोन्नति बिषयमा बोल्दै यो प्रक्रिया पालै - पालो गरेर हुने हुनाले अरुको पदोन्नति हुँदा आफु हतास नभई धर्य गरेर बस्ने साथै आफ्नो पदोन्नति भएपछि मैले मेरो अधिकार आफ्नै प्रयासले पाएको अथवा भाग्यले पाएको भन्ने जस्ता स्वार्थी  चर्चाहरु गर्दै नहिड़ी दिने अपिल पनि उपस्थित श्रमिकहरुलाई गरेका छन् |  सभामा श्रमिकवर्ग संगै सचिव पुष्कर थापा, दिलबहादुर साल्मे, सचिव सुजम छेत्री गोजमुमो मङपू शाखा, युमो सभापति दयानन्द राई, जनमुक्ति कर्मचारी मङपू शाखा सचिव कृष्णलाल गुरुङ एवम सभापति गोपाल राई आदिको बिशेष रुपमा उपस्थिति थियो भने सभालाई कर्मचारी सभापति गोपाल राई, गोजमुमो मङपू विभाग शाखा सचिव सुजम छेत्री, युनियन सचिव पुष्कर थापा, पार्टी सभापति दिल बहादुर साल्मे आदिले पनि सम्बोधन गरेका थिए | |

दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन (दातडुप्लालेयु) मङपू विभाग शाखाको स्थानीय गन्ती घरमा शाखा सभापति बुद्ध कुमार थापाको अध्यक्षतामा एउटा सभा सम्पन्न भएको छ | मोर्चा लाब्दा मङपू समष्टि उपसभापति लिला बहादुर छेत्रीले संचालन गरेको सभामा बिशेष गरेर कुइलेन बगानमा कार्यरत श्रमिकहरुको पदोन्नति अनि बगानमा हेल्परको रुपमा रहेको श्रमिकहरुको समस्याहरुको समाधान बारे चर्चा भएको थियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.