सभासदको निजि कोषबाट मङपूमा तीनवटा समाज घर निर्माण गरिने

samaj ghar
मङपू लाब्दा समष्टि अन्तर्गत तीनवटा गाउँ सुधार समितिहरुको समाज घरको निम्ति सभासद रतन कुमार थापाले आफ्नो निजि कोषबाट राशीहरु आवन्टन गरी प्रदान गरे जसको केही दिन अघि खरसाङ अभियन्ता विभागमा टेन्डर पनि भइसकेको छ भने अब समाज घर निर्माण हुने भएको छ | बिशेष ती समाजहरु मङपू विभाग अन्तर्गत घोडावाल धुरा ग्राम सुधार समिति सन् १९६० सालमा त्यसताकको समाजसेवी स्व० बीबी लामा प्रधान अध्यापक मङपू प्राथमिक पाठशाला, स्व० जीएल सुब्बा, स्व० गोले मंसी, जंगे मंगर, स्व० कालु मंगर तथा बीबी गुरुङ साथै अन्य व्यक्तिहरुको प्रयासमा स्थापित समाजहरु हुन् | बर्तमान सभापति शंकरपाल थापा र सचिव ए० गुरुङ रहेको समाजमा जम्मा छयासी जना सदश्य रहेको छ | उसरी नै लाब्दा विभागको गोरेटो समाज जसको स्थापना १९७७ सालमा स्व० जेएल मोक्तान, स्व० बुद्धबीर लामाहरुले गरेका हुन् | हालमा यो समाजको सभापति दुर्ग बहादुर मोक्तान र सचिव जिग्मी सिंगदन रहेको छ भने यो समाजमा जम्मा चौवन जनाको सदस्यता रहेको छ | यसै गरी रेशेप विभागमा किरण परिवार तल्लो दिपक टोल समाजको स्थापना १९८० सालमा जंगे राई, जेबी छेत्रीहरु द्वारा स्थापना गरिएको हो भने बर्तमान सभापति ए कुमार पोख्रेल अनि सचिव अशोक कार्की रहेको छ जसमा चौरतर जनाको सदस्यता रहेको छ | यी समाजहरु मङपूको पुराना समाजहरुले आफ्नो दीर्घकालिन समाजघरको समस्या समाधान हुने निश्चित भएकोमा सभासद रतन कुमार थापा प्रति कृतज्ञता प्रकट गरेको छ | विभिन्न सामाजिक कार्यक्रम तथा विभिन्न समाजका सामानहरु राखिने समाज घर बनिएपछि सबैको सुविधा हुने भएको छ ||

मङपू लाब्दा समष्टि अन्तर्गत तीनवटा गाउँ सुधार समितिहरुको समाज घरको निम्ति सभासद रतन कुमार थापाले आफ्नो निजि कोषबाट राशीहरु आवन्टन गरी प्रदान गरे जसको केही दिन अघि खरसाङ अभियन्ता विभागमा टेन्डर पनि भइसकेको छ भने अब समाज घर निर्माण हुने भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.